



काठमाडौं – राजन थापा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको नेतृत्वमा असोज ४ गते (सेप्टेम्बर २०, शनिवार) महाराजगञ्ज चक्रपथस्थित शंख पार्कमा “मेघा हेल्थ क्याम्प” सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा डिष्ट्रिक गभर्नर लायन पार्वती खरेल पाण्डेज्यू, प्रथम भााइस डिष्ट्रिक गभर्नर लायन सूर्य केसी, विभिन्न डिष्ट्रिक पदाधिकारी, र क्लब अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपस्थित क्लब अध्यक्षहरू र क्लबहरू:
लायन निरोज कर्माचार्य – अध्यक्ष, LCK सिद्धार्थ प्रबुद्ध लायन विनय त्रिपाठी – अध्यक्ष, LCK रक्तदाता समूह लायन राजकुमार बानिया – अध्यक्ष, LCK सताब्दी लायन सुना सुवेदी – अध्यक्ष, LCK गृहलक्ष्मी
लायन बिन्दु बस्याल – अध्यक्ष, LCK काठमाडौं वृकुटी लायन शंकर रानाभाट – अध्यक्ष, LCK सिद्धार्थ गौतम बुद्ध लायन मुना घिमिरे – अध्यक्ष, LCK सारथी
लायन शारदा तिम्सिना – अध्यक्ष, LCK वन्डर महिला लायन प्रकाश राक कँडेल – अध्यक्ष, LCK भगवान बुद्ध
लायन पूर्णबहादुर कार्की – अध्यक्ष, मुकुन्द अग्रवाल LCK रञ्जना तर्फबाट लायन विकास कुँवर – अध्यक्ष, LCK बालकुमारी सांगला लायन सरिता लामा – अध्यक्ष, LCK महामायुरी
लायन महेशकुमार श्रेष्ठ – अध्यक्ष, LCK संगत समूह
लायन तृष्णा थापा – अध्यक्ष, LCK टेम्पल गणेश सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाको संयोजनमा सञ्चालन गरिएको क्याम्पमा ग्राण्डी इन्टरनेशनल अस्पताल,इसान महिला तथा बाल अस्पताल, ॐ समाज डेन्टल अस्पताल, र नेपाल–भारत मैत्री अस्पतालको सहयोगमा निःशुल्क मधुमेह, रक्तचाप र दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो। साथै, स्थानीय समुदाय र लायन्स सदस्यहरूले रक्तदान कार्यक्रममा पनि सहभागिता जनाएका थिए।मेघा हेल्थ क्याम्पमा रक्तदातालाई सम्मानपत्र प्रदान गर्दै लायन्स पदाधिकारीहरू।
साथै डिष्ट्रिक गभर्नर लायन पार्वती खरेल पाण्डेज्यूले भन्नुभयो:
“हाम्रो मूल नारा नै हो – जहाँ समस्या, त्यहीँ लायन्स।”


