बनेपाको उग्रेश्वर मन्दिर प्राङगणमा जारी बनेपा महोत्सव २०८० मा भोलि बुधवार गायक रमेश प्रसाई र गायिका कल्पना दाहालको लाईभ दोहोरी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ संचालन भएको महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति भईरहेको छ ।महोत्सवको छैठो दिन भोलि बुधवार गायक रमेश प्रसाई र गायिका कल्पना दाहाल सहित गायिका योजना खड्की ,कुसुम गुरुङ, गायक रमेश श्रेष्ठ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक बनेपा ब्वाइज क्लब (बीबीसी)ले जानकारी दिएको छ ।असोज १९ गतेदेखि सुरु भएको महोत्सव कार्त्तिक ४ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..