काभ्रेमा प्रहरी हिरासतभित्रै अभियुक्तको मृत्यु

# काभ्रेमा प्रहरी हिरासतभित्रै अभियुक्तको मृत्यु
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, पुष ०१, २०८२
काभ्रेमा प्रहरी हिरासतभित्रै अभियुक्तको मृत्यु

काभ्रे । प्रहरीले पक्राउ गरेका एक अभियुक्त इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका परेका छन् ।

आज बिहान ३ बजेको प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार, रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुत राज तामाङ शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बिज्ञापन
ब्लान्केट च्यातेर त्यसैको पासो बनाएर उनी झुण्डिएको पाइएको छ । चोरी मुद्दा लागेका उनलाई आइतबारमात्रै प्रहरीले पक्राउ गरेको थियो । उनको घरबाट चोरीका सामग्रीसमेत बरामद भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up