काभ्रेपलान्चोक – नेपाली चलचित्र चिठ्ठीको शुभमुहुर्त गरिएको छ । माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्रको शुभमुहुर्त गरि दोलालघामा छायांकन सुरु गरिएको हो ।

काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,गोपाल ढकाल छन्दे, नवराज थापा,खड्ग बहादुर पुनमगर,मुस्कान लामा,पुष्कर राउत,अस्मिन कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

पावर इन्टरनेशनल मिडिया नेपाल प्रा.लिको ब्यानरमा निर्माण हुनलागेको चलचित्र को निर्माता कमला जोशी हुन भने सह निर्मातामा राजन थापा रहेका छन् । कमेडि र थिरिलर जनामा बन्न लागेको चलचित्रमा अहिले नेपाली चलचित्र बजारमा आइरहेको कथा बस्तु भन्दा केही फरक शन्देश बोकेको र यसलाई पक्कै पनि आम दर्शकहरुले मन पराउनेमा आफू बिस्वस्थ रहेको निर्देशक खरेलले बताए । चलचित्रमा जीवन पराजुली को छायांकन रहेको छ भने मेकअप नरेश खरेलको रहेको छ .

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..