
राप्रपाले मंसिर २३ गते काठमाडौंमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।उनकाअनुसार ‘राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारीका लागि दबाव दिने भएको हो।
साथै उनले मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने निर्णय भएको पनि उल्लेख गरेका छन्।

वर्तमान सन्दर्भमा आम जनसमुदायमा राप्रपाको धारणा पुर्याउन देशव्यापी सभा र प्रदर्शनको आयोजना गर्ने निर्णय पनि भएको छ।
बिज्ञापन





