
विराटनगरमा नेकपा एमाले नेता महेश बस्नेतमाथि गरिएको रङ प्रहार घटनाप्रति पार्टी नेतृ रामकुमारी झाँक्रीले तीव्र असन्तुष्टि जनाउँदै आक्रमणकारीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्।


सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले राजनीतिक असहमतिलाई आक्रमणमा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृतिको विरुद्ध भएको बताइन्। उनले महाभारतको उदाहरणसमेत दिँदै ‘एकता नै शक्ति’ भएको उल्लेख गरिन्।
बिज्ञापन


झाँक्रीले आपराधिक मानसिकता भएका व्यक्तिहरू कहिलेकाहीँ यस्ता हर्कतमा उत्रिन सक्ने भएकाले सचेत रहँदै एउटै मिशनमा अघि बढ्न पार्टी कार्यकर्तालाई आह्वान गरिन्।

उनका अनुसार यस्ता आक्रमणले समाज र राजनीतिको वातावरण दुवै बिग्रने भएकाले सरकारले घटना गम्भीर रूपमा लिएर आवश्यक कारबाही गर्नुपर्नेछ।


