



काभ्रेपलाञ्चोक — प्रस्तावित शिक्षा ऐनमा निजी विद्यालयसम्बन्धी केही प्रावधानप्रति असहमति जनाउँदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र नेशनल प्याब्सन, काभ्रेलगायतका विद्यालय सञ्चालक संस्थाले आज जिल्ला प्रशासन कार्यालय, शिक्षा समन्वय इकाई र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएका छन्।
बिज्ञापन



प्याब्सन केन्द्रिय समितिको निर्देशनअनुसार जिल्ला अध्यक्ष श्याम बहादुर भुजेलको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा प्रस्तावित ऐनका प्रावधान अमान्य रहेको उल्लेख गर्दै पुनः संशोधन गर्न माग गरिएको छ।
