



पनौती । काभ्रे ईङ्गलिस स्कुल पनौतीमा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स धुलिखेलको प्राविधिक सहयोगमा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूको पूर्ण स्वास्थ्य परिक्षण गरिएको छ ।



विद्यालयका प्र.अ बसन्तराज नेपालका अनुसार भाद्र १ गतेदेखि ६ दिनसम्म विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिने छ । परिक्षणका क्रममा कुनै रोग देखिएमा अस्पतालको समन्वयमा उपचार गरिने पनि उनले बताए ।

उनका अनुसार विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य परीक्षणसँगै चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त कार्यक्रमहरू गर्दै आएको छ । नृत्य, गायन, हाजिरी जवाफ, बकृत्वकला, चित्रकला, शैक्षिक प्रदर्शनीजस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्दै आएको छ।
गुणस्तरीय शिक्षासँगै व्यावहारिक ज्ञान र प्रविधियुक्त शिक्षामा विद्यालयले जोड दिँदै आएको प्र.अ नेपालले बताए ।