Innovative Hospitality Management Training Center उत्कृष्ट हस्पिटालिटी तालिम केन्द्र घोषित

 

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको सभा हलमा सम्पन्न राष्ट्रिय रत्न सम्मान तथा अवार्ड २०८२ मा Innovative Hospitality Management Training Center लाई उत्कृष्ट हस्पिटालिटी तालिम केन्द्र बाट सम्मान गरिएको छ। उक्त कार्यक्रममा हस्पिटालिटी अभियन्ता तथा सफल उद्यमी कामदेव शाह ठकुरीलाई सम्मान प्रदान गरिएको हो।

बिज्ञापन

समारी इन्टरनेशनल इभेन्टको आयोजनामा सम्पन्न सो समारोहमा प्रतिनिधिसभा सदस्य माननीय छिरिङ ल्हामु लामाको प्रमुख आतिथ्यतामा कामदेव शाह ठकुरीलाई सम्मान गरिएको हो।

कामदेव शाह ठकुरी नेपाली हस्पिटालिटी क्षेत्रका एक अग्रणी अभियन्ता तथा प्रेरणादायी उद्यमी हुन्। बनेपामा स्थापना गरिएको Innovative Hospitality Management Training Center मार्फत उहाँले हजारौं युवालाई वेटर, कुक, बारिस्टा, सुसी मेकर, बार टेन्डर, हाउसकिपिङ लगायतका सीपमा तालिम दिई रोजगारीको अवसर सिर्जना गर्दै आउनुभएको छ।

अनुभवी प्रशिक्षकहरूमार्फत प्रदान गरिने व्यावसायिक तालिमले धेरै युवाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। रोजगारीमुखी सीप र आत्मनिर्भरता अभिवृद्धिका लागि केन्द्रले खेलिरहेको भूमिकाले शाह ठकुरीलाई सफल व्यवसायी मात्र नभई समाजसेवी तथा राष्ट्रसेवकका रूपमा समेत परिचित बनाएको छ।

हस्पिटालिटी क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप प्रदान गरिएको यो सम्मान नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत र देशकै लागि एक महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

कामदेव शाह ठकुरी आजका युवाहरूका लागि प्रेरणा, विश्वास र सम्भावनाका पर्याय बन्नुभएको छ।