“तीज जोडी फोटो प्रतियोगिता – २०८२” सुरु, २५ जोडिका लागि विशेष सम्मान

काभ्रे, साउन १२ – नेपाली संस्कृति, मौलिकता र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा “तीज जोडी फोटो प्रतियोगिता – २०८२” साउन १२ बाट सुरु हुने भएको छ ।

हरितालिका तीजको पावन अवसर पारेर आयोजना गरिएको यो प्रतियोगिता २०८२ साउन १२ गते सोमबार दिउँसो १२:०० बजेबाट सुरु भई २०८२ भदौ २ गते सोमबार दिउँसो १२:०० बजेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता सामाजिक सञ्जाल फेसबुक पेजमार्फत एक महिनासम्म सञ्चालन हुनेछ।

बिज्ञापन

नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण एवं प्रवर्द्धन गर्दै विवाहित जोडिहरूलाई सशक्त रूपमा प्रस्तुत गर्ने लक्ष्यसहित यो कार्यक्रम ल्याइएको हो।

सहभागिता नियमहरू (संक्षेपमा):
1. सहभागी हुन पेज Like अनिवार्य हुनेछ।
2. विवाहित जोडिको फोटो स्पष्ट, सभ्य र मौलिक नेपाली संस्कृति झल्कने पोशाकमा हुनुपर्नेछ।
3. फेसन युक्त वा विदेशी पोशाक प्रयोग भएको फोटो मान्य नहुनेछ।
4. फोटो फेसबुक पेजको मेसेज बक्स वा WhatsApp नं. 9843574039 मा पूरा नाम, थर र ठेगानासहित पठाउनु पर्नेछ।
5. विजेता छनोटमा ७५% Like तथा २५% निर्णायक मण्डलको निर्णय आधार मानिनेछ।
6. रु ५०० दर्ता शुल्क प्रत्येक सहभागी जोडिले तिर्नुपर्नेछ।
7. Like Boost (नक्कली Like) अमान्य हुनेछ।
8. कुनै पनि उमेरका विवाहित जोडिहरूले भाग लिन सक्नेछन्।

🏆 पुरस्कारहरू:

🥇 प्रथम पुरस्कार

नगद रु १५,००० सहित सम्मान पत्र

सुद्ध मह १ माना र सुद्ध घ्यू १ माना

VIP फिल्म टिकेट २ वटा

🥈 द्वितीय पुरस्कार

नगद रु १०,००० सहित सम्मान पत्र

सुद्ध मह १ माना र सुद्ध घ्यू १ माना

VIP फिल्म टिकेट २ वटा

🥉 तृतीय पुरस्कार

नगद रु ५,००० सहित सम्मान पत्र

सुद्ध मह १ माना र सुद्ध घ्यू १ माना

VIP फिल्म टिकेट २ वटा

अन्य विशेष आकर्षणहरू:
टप २५ मा पर्न सफल २५ जोडिलाई प्रमाणपत्र प्रदान गरिनेछ। टप २५ भित्रका ५० जनालाई विशेष होटलमा भोज र कफी सहित सम्मान कार्यक्रम आयोजना गरिनेछ। सहभागी जोडिहरूलाई भिडियो बनाउने अवसर प्रदान गरिनेछ। शुभकामना सिनेमा हलद्वारा गोला प्रणालीमार्फत १० जोडिलाई २० वटा VIP टिकेट प्रदान गरिनेछ।