काभ्रेपलाञ्चोक, २०८२ असार २८ — काभ्रे जिल्ला, पनौती नगरपालिका–१० स्थित सुनथान क्षेत्रमा आज ट्राफिक प्रहरीले विशेष सवारी चेकजाँच अभियान सञ्चालन गरेको छ। सडक सुरक्षामा सुधार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत ३०० भन्दा बढी सवारी साधनहरूको विस्तृत परीक्षण गरिएको हो।
चेकजाँचका क्रममा ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र, मापसे (मद्यपान परीक्षण), सवारी कागजात तथा सवारीको प्राविधिक अवस्था निरीक्षण गरेका थिए। अभियानको क्रममा केही सवारी चालकहरू ट्राफिक नियम विपरीत पाइएकाले उनीहरूलाई आवश्यक कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाजुले जानकानरी दिए ।
त्यस्तै, अधिकांश चालक र यात्रुलाई ट्राफिक नियम सम्बन्धी जानकारी प्रदान गर्दै सचेतना मूलक सम्झाइ–बुझाइ समेत गरिएको ट्राफिक प्रहरी प्रमुख धाजुले जानकारी दिए।
ट्राफिक प्रहरी प्रमुख धाजुको अनुसार, यस्तो अभियानको मूल उद्देश्य ग्रामीण क्षेत्रहरूमा सवारी सुरक्षाका विषयमा जनचेतना फैलाउनु तथा नियमको पालनामा नागरिक सहभागिता अभिवृद्धि गर्नु हो।
स्थानिय बासिन्दा तथा सवारी चालकहरूले यस्तो अभियानलाई सकारात्मक रुपमा लिँदै नियमित रुपमा यस्ता चेकजाँच कार्यक्रमहरू सञ्चालन गर्न अनुरोध गरेका छन्।