मंगलवार रिजर्ब बससाँझ ६ बजे गन्तव्यतर्फ लाग्ने क्रममा दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो ।दुर्घटनामा परि मृत्यु भएको सम्पूर्ण आत्माको शान्तिको कामना गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णबहादुर पाख्रिन लगायत सम्पूर्ण गणेशस्थानका बासिन्दाहरू मिलिदुर्घटनामा परि मृत्यु भएको दिवांगत आत्माको चिर शान्तिको कामना गरि पुजा सम्पन्न गरिएको हो ।
बेथानचोक गाउँपालिका–५ च्याल्टीमा ब्रतबन्धमा सहभागी भएर बनेपा नगरपालिका वडा नम्बर ११ सल्ले फर्कदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस बस दुर्घटनामा परी ललितपुर जिल्ला महांकाल गाउँपालिका–६ घर भई हाल पनौती बस्ने बस चालक तेजप्रसाद तिमल्सिना सन्तोष, बनेपा नगरपालिका–११ का कोपिला तामाङ, बनेपा–११ का कुमार तामाङ, बनेपा–११ का पुष्कर तामाङ, बेथानचोक गाउँपालिका–४ का रविन तामाङ, बनेपा–११ की निर्मला तामाङ, बनेपा–११ की मञ्जु तामाङ, तेमाल–८ की टिकालक्ष्मी तामाङ,तेमाल–८ का गुरुलक्ष्मण दास घिसिङ, मकवानपुर जिल्ला इन्द्रसरोवर गा.पा–१ की समिक्षा थिङ, बनेपा–११ की हेमा तामाङ, मण्डनदेउपुर नगरपालिका– १ की चेलीमाया तामाङ, बनेपा –११ का आकुर तामाङ, बनेपा–१४ का रामकुमार तामाङ, बनेपा–११ का वुद्ध तामाङ, बनेपा– १४ की गीता श्रेष्ठ र बेथानचोक –५ की मञ्जु तामाङको दुर्घटनामा परि ज्यान गएको छ ।

किन भैरहन्छ सडक दुर्घटना, कसरी गर्ने न्यूनिकरण ?

नेपालमा सडक दुर्घटनाका कारण धेरैले ज्यान गुमाई रहेका छन । दिनकै दर्जन हाराहारीमा हुने गरेका दुर्घटनाका कारण दैनिक ४÷५ जनाको दुखद निघन भैरहेको छ । दैनिक दजर्नौ घाइते भई रहेका छन र पनि दुर्घटनामा कमि आएको छैन ।
यो कस्को कमजोरी ? कसैले पनि जिम्मा लिने गरेका छैनन । सवारी चालकको लापरवाहीले होस्, पुराना सवारी साधन भएकै कारण वा पैदल यात्रुको हेलचक्र्र्याइँका कारण किन नहोस विभिन्न राजमार्गमा दिनप्रतिदिन सवारी दुर्घटना बढ्दो छ । दुर्घटना पनि यत्ति हुन पुगेकी बढ्दो दुर्घटनाका कारण यात्री आफ्नो गन्तव्यमा सकुशल पुगिन्छ कि पुगिदैन कुनै भरोषा रहेन । दुर्घटना प्रायःभवितव्य नै हुन, चाहेर हुँदैन । तर अधिकांश दुर्घटना चालकको लापरवाहीकै कारण हुने गरेको पाइन्छ । यसको एउटा कारक तत्व भनेको सडकमा अस्वस्थ प्रतिस्पर्धा हो भने अर्कातिर चालकले मादकपदार्थ सेवन, अत्यधिक गति, अपरिपक्व चालक, साँघुरो र अस्तव्यस्त सडक सांकेतिक बोर्डको अभाव र जीर्ण सवारी साधन भएकै कारण दुर्घटना भएको पाइन्छ ।
यस्तै लामो दुरीका सवारी साधनमा एकै जना चालक हुँदा निदाउने वा थकानका कारण पनि दुर्घटना भएको पाइन्छ । सडकमा हुने दुर्घटनालई न्यूनिकरण गर्न चालक, ट्राफिक प्रहरी, यातायात व्यवसायी सर्वसाधारण सबैको समान दायित्व हुन आउँछ । यसका लागि एक पक्ष मात्र जिम्मेवार भएर पुग्दैन । सरकारले पनि जिम्मेवार ढंगले यस्ता कार्यलाई निरुत्साहित पार्न विशेष कार्यक्रम ल्याएर सचेतना लगाएतका अभियानलाई तीव्रता दिनु आवश्यक छ । संगै तपाई हामी सबै झनै सचेत हुनु आवश्यक छ ताकि आफ्नै कारण पनि दुर्घटना हुने तर्फ सबैले सोचौ र दुर्घटना न्यूनिरण गराउन लागौँ, आफु बाँचौ अरुलाई पनि बचाऔं । बेथानचोकमा भएको बस दुर्घट्नामा परि ज्यान गुमाएकाहरु प्रति भावपुर्ण श्रद्धाञ्जली । –नव क्षितिज साप्ताहिकबाट