काभ्रेपलान्चोक – गीतमा लोकप्रिय गीतकार प्रतिमा गुरुङको शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत, लोकप्रिय गायक सत्यराज आचार्यको आवाजमा (न जिउन सके न मर्नै सकें) मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत संयोजन संजीव बराइलीको रहेको छ ।
गीतको भिडियोमा कन्सेप्ट, कथा गीतकार स्वयम् प्रतिमा गुरुङको रहेको छ भने, भिडियोलाई निर्देशन केशब भट्टले गरेका छन । छायांकन उत्सब दाहाल, सम्पादन बिष्णु खड्काको रहेको छ ।
भियोमा स्मारिका ढकाल, सुरेश कोहली, गायक संगीतकार चिरन्जीवी भण्डारीको अभिनय दमदार अभिनय देख्न पाइञ्छ ।
भिडियोमा चोखो माया गरेको व्यक्तीले मायामा बिश्वाशघात पाएपछि हुने नकारात्मक उतार चढाबलाई देखाउन खोजिएको हो, यसको पार्ट २ पनि आउँछ, २ अझ शसक्त कथामा आउँछ भन्छिन गीतकार, कथाकार प्रतिमा गुरुङ । गीतको भिडियो भने गायक संगीतकार चिरन्जीवी भण्डारीको यूट्यूब च्यानलमा हेर्न सकिन्छ । आउनुहोस हेरौं उक्त मर्मस्पर्शी गीतको भिडियो