बनेपा । सक्सेस एब्रोड स्टडीको बनेपा शाखाले ‘एप्लिकेशन डे’को आयोजना गर्ने भएको छ ।
जेठ २२ अर्थात् बिहीबार बिहानको ९ बजेदेखि कार्यक्रम सञ्चालन हुने बनेपा शाखाले जनाएको छ ।
कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये १०० जना विद्यार्थीलाई तयारी कक्षामा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ भने २० जना विद्यार्थीलाई विशेष उपहारको व्यवस्था गरिएको छ ।
‘एप्लिकेशन डे’ मा कक्षा १२ को परीक्षा दिएर बसिरहेका विद्यार्थीहरु सहभागी भएर उपलब्धि मुलक जानकारी लिन सकिने सक्सेस एब्रोड स्टडीका सिईओ उद्धव प्रसाद तिमल्सिनाले बताए।
वैदेशिक अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, कोरिया, अमेरिका लगायतका देशहरुमा जान चाहने विद्यार्थीहरुका लागि विशेष दिन हुने विश्वास लिइएको आयोजक पक्षले जनाएको छ ।
भाषा तयारी कक्षाका लागि ‘एप्लिकेशन डे’ मा भर्ना हुने विद्यार्थीहरुले विशेष अवसर पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी अनुभवी परामर्शदाताद्धारा परामर्श लिई विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँको विश्वविद्यालयबारे बुझ्न सक्नेछन् ।
सक्सेस एब्रोड स्टडी बनेपाले विगत ८ वर्ष देखि विद्यार्थीहरुलाई विश्वसनिय र भरपर्दाे परामर्श सेवा दिँदै आएको छ । यो बनेपा सहरमध्येकै एक अग्रणी शैक्षिक परामर्श संस्था मध्येमा पर्छ ।
यस संस्थाले विश्वमा ख्याति प्राप्त जापान, अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरीया, युके, युएसए, डेनमार्कका विश्वविद्यालय र क्याम्पसहरुमा पठाउने गरेको छ । अन्तर्राष्ट्रिय स्तरको शिक्षामा उडान भर्नमा विद्यार्थीहरुलाई सहजीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सक्सेस एब्रोड स्टडी बनेपाले आईईएलटीएस, पिटीई, डुओलिङ्गोका तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।