शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले भदौ १५ गते शनिबार भव्य रुपमा नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम तथा मनसुन फेस्टको आयोजना गरेको थियो ।

विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापको पनि अति आवश्यक भएको महशुस गरि सो कार्यक्रम आयोजना गरिएको थियो ।

यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा पढाईका साथ साथै अन्य विधामा पनि कुशल क्षमता अभिवृद्धि भईरहेको छ । कक्षा ११ देखि उच्च तहका सहभागी विद्यार्थीहरुले यस कार्यक्रमबाट पूर्नताजर्गि, उत्प्रेरित र मनोरञ्जन प्राप्त गरेको र यसबाट थप हौसला बढेको अनुभव सुनाए । प्रतिष्ठानले विद्यार्थीहरुबाट कुनै आर्थिक रकम नलिई यती ठूलो कार्यक्रम गरेकोमा धन्यबाद समेत दिएका थिए ।

विद्यालय स्तर देखि नै विद्यार्थीहरुको आन्तरिक प्रतिभाको पहिचान गरि प्रतिभा प्रस्फुटन गर्न अति आवश्यक देखिन्छ । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा नेतृत्व गर्ने कलामा निखारता आएको देखिन्छ । कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवमं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । सहायक कलेज प्रमुख नवराज चौलागाईले यस संस्थामा आवद्ध हुन आउनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई निश्चिन्त भई गुणस्तरीय शिक्षा तथा आवश्यक शैक्षिक तथा यस्ता क्रियाकलापहरुको चरणवद्ध रुपमा सञ्चालन गरिने प्रतिवद्धता गरेका थिए ।

कार्यक्रममा कक्षा ११ देखि स्नातकोत्तर तह सम्मका विद्यार्थीहरुको उल्लासमय उपस्थित रहेको थियो । ३ चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरण अन्र्तगत औपचारिक कार्यक्रम रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक श्री प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य श्री आत्माराम थापाद्धारा विद्यार्थीहरुलाई टिका र खादा प्रदान गर्नुभएको थियो । काभ्रे जिल्लामा पहिलो पटक छुटै तरिकाले स्वागत तथा मनसुन फेष्ट कार्यक्रम गरिएको थियो । सोहि कार्यक्रममा बिगत लामो समय देखि कार्यरत शिक्षकहरु ई.अनुप भुजु र जयराज देउजालाई बिदाई गरेको थियो । दोस्रो चरण प्रतिष्ठानमा अध्यनरत विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यस्तो किसिमको कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी वृती विकासको निमित्त महत्वपूर्ण भूमिका रहने कुराको जोड विद्यार्थीहरुले दिएका थिए । अन्तयमा खाजा सहित भव्य तथा सभ्य मनसुन फिस्ट कार्यक्रम राखिएको थियो । जसमा सयाँै विद्यार्थी र शिक्षक, शिक्षिकाहरु झुमेका देखिन्थे । विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक , सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्दै जाने कुरा सस्थाका अध्यक्ष सुरकृष्ण वैद्यले बताउनु भयो

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly