काभ्रेपलान्चोक – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ ।
शुक्रबार तीन वटा ट्रकमा काठमाडौंका लागि दाङ र हेटौंडाबाट हिँडाइएको खसीबोका बिहान ३ बजे आइपुगेको कम्पनीका नायव निर्देशक श्रीमणिराज खनालले जानकारी दिए । दाङबाट २२९ र हेटौंडाबाट ३०२ वटा खसीबोका काठमाडौं आइपुगेको उनले बताए । थप आउने क्रममा रहेको छ।
बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सहुलियतमा कम्पनीले खसीबोका बिक्री गर्ने छ । बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म छ ।
कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष भने खसीबोका मात्रै बिक्री गर्ने कम्पनीले जनाएको छ ।