आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि. को तेह्रौं वार्षिक साधारणसभा सम्पन्न

काभ्रेपलान्चोक – आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि. को तेह्रौं वार्षिक साधारण सभा संस्थाको कार्यलय परिसरमा संस्थाका अध्यक्ष रत्नकृष्ण रञ्जितकारको सभापतित्वमा सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ठाकुर प्रसाद बजगाईंले स्वागत मन्तव्य राख्दै सहकारीले आगामी दिनहरूमा अझ प्रगतिशील ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

बिज्ञापन

त्यसैगरी, संस्थाका सचिव बुद्ध भट्ट रञ्जितले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्था सामाजिक रूपमा समेत अग्रसर बनेको जानकारी दिनुभयो।

संस्थाका कोषाध्यक्ष सर्जु कुमार रञ्जितकारले संस्थाले पर्याप्त तरलता कायम गरी सुरक्षात्मक ऋण लगानीमा जोड दिएको तथा संस्थाको वार्षिक कारोबार ४० करोड रुपैयाँभन्दा माथि पुगेको जानकारी दिनुभयो।

कार्यक्रममा लेखा समिति संयोजक सुदिना रञ्जितले संस्था नियमन तथा नीतिनियमको पूर्ण पालना गर्दै अझ सुदृढ रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कार्यक्रममा संस्थाका ५० प्रतिशतभन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको जानकारी प्रबन्धक राजाराम घोर्साइनेले दिनुभयो।

अन्त्यमा, संस्थाका अध्यक्षले सहकारीप्रति सदस्यहरूको विश्वास अझ दृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन (विसर्जन) गर्नुभएको थियो।