धुलिखेल-२ रवि स्थित अल्छेचाैर सामुदायिक बनमा वृक्षारोपण गरिएको छ । युवा सघं नेपाल काभ्रेद्वारा आयोजित कार्यक्रम अन्तर्गत १ युवा ५ बिरुवा रोपिएको हो ।

वृक्षारोपण कार्यक्रममा कागती १५००, एभोकार्डो र अम्बाका गरी ७००० फलफुलका विरुवा रोपिएका छन् ।

बृक्षाराेपण कार्यक्रममा नेकपा एमालेको प्रभावशाली युवा नेता पाेलिट्ब्युराे सदस्य गाेकुल बास्काेटा, निवर्तमान नेकपा एमाले जिल्ला अध्यक्ष तथा धुलिखेल नगरपालिका नगर प्रमुख अशाेक ब्यान्जु, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, वडा अध्यक्ष अर्जुन न्याैपान, युवा संघ काभ्रेका अध्यक्ष ईश्वर सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly