काभ्रेपलाञ्चोक – भोजराज काफ्ले गित संगित क्षेत्रमा सुपरिचित नाम हो । सिन्धुली जिल्लाको पुर्वी भेग टांडी गाविस ३ हाल दुधौली नगरपालिका ११ मा जन्मेका भोजराज काफ्ले अहिले काठमाडौँ बसेर गितहरु गाउँदै आएका छन् । समाजमा हुने गरेका विविध खाले विकृति र विसंगतिलाई जस्ताको तस्तै बनाएर गित गाउन खप्पिस उनले पछिल्लो समय पनि यस्तै खाले लोकगित सार्वजनिक गरेका छन् । बोतलको पानिले, दुखमा आँसु नझरोस, पानी कुवाको, माछा तारेको हुन भने तेस्तै पछिल्ला नयाँ गीतहरुमा सेतो किरिमले, माया बेरियो, ढुंगेबगर दुई खोली दोभान, फुलबारीमा गेट र गालामा डिम्पल छ चमेली चट्टै चस्मा कपालमा, जवानिको झोकमा, औँठी हिराको, ॐ नम सिवाय आदि चर्चित गीतहरु रहेका छन्। प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले चर्चित गायक भोजराज काफ्लेसँग गरेको कुराकानी
० तपाइँको बाल्यकाल कहाँ र कसरी बित्यो ?
मेरो बाल्यकाल सिन्धुली जिल्लाको पुर्वी भेग टांडी गाविस ३ हाल दुधौली नगरपालिका ११ मा पर्दछ । स्कुलमा पढ्ने र घरमा सक्ने काम गर्ने कमला नदिमा माछा मार्ने सरस्वती पुजा अनि गाउँ घरका चाड पर्वमा नाच्दै गाउदै सबैको प्यारो भोजराज काफ्ले उपनाम रमेश काफ्ले भएर १४ बर्ष सम्म गाउँमै बित्यो ।
० तपाई कसरी कलाकार बन्नु भयो र कसको प्रेणा पाउनु भयो ?
कलाकार बन्नलाई रगतमै कलाकारीता हुनु पर्छ मैले कसैको पनि सल्लाह र साथले भाको होइन रेडियो नेपालबाट बजेका गीत सुनेर मेरो पनि यस्तै गीतहरु अरुलाई सुनाउन पाए हुन्थियो भन्ने लाग्थ्यो नबुझ्दै न जान्दै गीत बनाउथे अरुको गीत गाउँथे गीत संगित नै सर्बसो ठान्थे १४ बर्षको उमेरमा रेडियो नेपाल आएर गीतमा भाग लिदा म पास भए त्यस पछी साथ सपोट पाउन थाने आफ्नो आमा बाबाको मेरो गाउँका साथीहरूको अनि रेडियो नेपालमा राम थापा र तिर्थकुमारी लगाएत धेरैजनाको साथ पाए तर सुरुवात चै एक्लै थियो ।
० तपाईंलाई कुन गीतले भोजराज काफ्ले भनेर चिनायो ?
जब रेडियो नेपालबाट मेरो गीत बजे तेसैबाट मत हजुर गाई हेर्ने गोठालो भन्ने गीतले र छोरो दिनेश काफ्ले ले गायको भन्नू न भाको गीतले संसार चिनायो मलाई ।
० तपाईं हिजो पनि आज पनि उस्तै चर्चित भै रहनुको कारण के हो ?
धन्यवाद राम्रो प्रश्न सोध्नु भयो मेरो मस्तिष्कले सिर्जना गर्न सक्नु सरस्वतीले आवाज दिनु तपाईहरु जस्तो पत्रकार मिडिया अनि स्रोता दर्शकले रुचाइ दिनाले आज सबैको भोजराज काफ्ले भएको छु ।
० तपाईलाई मन पर्ने गीत कुन कुन हुन र कारण ?
आफुले गाएका सबै गीत आफ्नु आफ्नु ठाउँमा राम्रा छन् तर पनि दुखमा आँसु नझरोस, पानी कुवाको, सुखमा बोतलको पानीले र माछा तारेको हुन भने लोक गीतहरुमा काभ्रेपलान्चोक काभ्रेमा घर छ पुर्ब सिन्धुली पुर्ब रामेछाप दोलखा जिरीमा जान्छु हेटौंडा हुन तेस्तै पछिल्ला नयाँ गीतहरुमा सेतो किरिमले, माया बेरियो, ढुंगेबगर दुई खोली दोभान, फुलबारीमा गेट, गालामा डिम्पल छ, चमेली चट्टै चस्मा कपालमा, जवानिको झोकमा, औँठी हिराको र ॐ नम सिवाय आदि गीतहरु हुन ।
० गीत संगीतमा लागि रहदाँ कस्ता कस्ता मान्छे भेटिए ?
धन्यवाद यो कुराले मन छोयो मलाई मान्छेले मान्छेलाई गर्नु पर्ने राम्रो व्यवहार त हजारौको पांए तर मेरो आँसु पुछेर मलाई हसाउने बचाउने सयौ जना पाँए भने मेरो मन रुवाएर मेरो आँसुमा रमाउने आज सम्म एक दुई जना मात्र पाए समग्रमा ९९% साथ र सहयोग पाए ।
० किन कलाकारहरु एक अर्कामा कुरा काटा काट हुन्छ ?
यो त सबै क्षेत्रमा हुन्छ तर कला कारितामा सबैको चासोको विषय भएर यस्तो लागेको हो । मसंग कसैको दुस्मन छैन यदि कसैलाई चित्त नबुझेको भए पनि म सम्झौन बुझाउन चाहान्छु जस्को गीत चलेनी आफ्नो गीत सम्झिन्छु ।
० अन्तमा के भन्नुहुन्छ ?
सब प्रथम त मेरो जिवनीको बारेमा राम्रो अन्तरवाता लिएर सबैमा मेरो समाचार बनादिनु भएकोमा पत्रकार भाई अरबिन्द्र गौतमलाई धन्यवाद दिन चाहान्छु र लाखौ गीत संगीतलाई माया गर्नु हुने स्रोता दर्शकलाई म हिजो कस्तो थिए आज कस्तो छु भोलि पनि यस्तै बस्न चाहान्छु म मात्र न भै मेरा छोरा महेश काफ्ले दिनेश काफ्ले समेत हजुरहरुको साथ र सहयोग चाहान्छौ भन्दै पुन धन्यवाद अरबिन्द्र गौतम भाइलाई दिन चाहान्छु अन्तमा काभ्रेपलान्चोक मायानै संसारमा रैछ सबै थोक धन्यवाद ।