भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा भोली शनिबार सांगीतिक उत्सव हुने भएको छ । २०८१ सालको बैशाख १ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।
हालसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको महोत्सवमा राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुती दिइसेकाछन् ।
नयाँ वर्षको दिन भोली मन्जु पौडेल, सुविज्ञा पोखरेल, बैकुन्ठ महत, मदन विष्ट, कमल खत्री, रुविसा श्रेष्ठ, सागर लम्साल, प्रतिव हुमागाईले प्रस्तुति दिनुहुनेछ, अध्यक्ष महतले भने ।
त्यसैगरि अन्य कलाकारहरुमा गणेश के.सी, हर्कुलास बस्नेत, महेश काफ्ले, मानस राज, कपिल कसपाल र अनित विष्टले दर्शकहरुललाई मनोरञ्जन दिनेछन् ।

नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरे महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।

“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,” थापाले भने ।
कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ ।
महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्र्थीलाई रु.५० र सर्वसाधरणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले बताए ।
महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा बैशाख २ गतेसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..