काठमाडौ – विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ ।

समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो… प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए ।

सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो ।कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरुले प्रतिभालाई प्रोत्साहन मिल्नका साथै गीत संगीतको विकाशमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नु पर्ने यस्ता महत्वपूर्ण कार्यहरु पिम नेपालले आयोजना गरेर निकै प्रसँसनीय कार्य गर्दै आएको छ भने ।

आयोजक संस्था पिम नेपालका अध्यक्ष माधव राज खरेलले पिम अवार्डबारे प्रकाश पार्दै कार्यक्रममा भने,‘विगत ७ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’

यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो सृँखलादेखि नै आफु सल्लाहकारको रुपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रुपमा स्थापित भएको बताए । कार्यक्रममा स्वागत मन्तब्य शान्तिप्रिले व्यक्त गरेका थिए ।
कार्यक्रममा अवार्ड सँयोजक कमला जोशीले कार्यक्रममा सो अवार्डको बारेमा प्रकाश पारेकी थिईन् । सनम कठायतको व्यबस्थापन रहेको सो कार्यक्रमको निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माईला थिए ।अवार्ड कार्यक्रममा नेपाल टेलिकम ,नेपाल एयर लायन्स ,कृषि बिकास बैंक,एन एमवि बैक,टेन्सवर्क, गाेकर्णेश्वर नगरपालिका लगायत संघसंस्थाहरुले सहयाेग गरेका थिए ।निम अवार्डका विजेताहरु
सर्वोत्कृष्ट राष्ट्रिय भाव
कर्मा ः हाम्रो भावना त एउटैसर्वोत्कृष्ट गजल गायन
रुद्रशेखर शर्मा ः किनसर्वोत्कृष्ट गजल गायन (जुरी)
संगीता राना प्रधान ः चोखो मायासर्वोत्कृष्ट आधुनिक गायक
यस कुमार ः सुस्तरी सुस्तरीसर्वोत्कृष्ट आधुनिक गायिका
निता आचार्य ः जिन्दगी त संगै जिउने हो ।सर्वोत्कृष्ट आधुनिक संगीतकार
नरहरी प्रेमी ः घर छोडेको मान्छेसर्वोत्कृष्ट आधुनिक गीतकार पुरुष
टेक तामाङ ः तिमी सागरसर्वोत्कृष्ट आधुनिक गीतकार महिला
सविता पोख्रेल ः एक चिम्टी सिन्दुरसर्वोत्कृष्ट नव प्रतिभा गायक
राजु भट्ट ः यो मुल्याईसर्वोत्कृष्ट नव प्रतिभा गायक
सन्त बहादुर दराई (जुरी)सर्वोत्कृष्ट नव प्रतिभा गायिका
प्रिजा मिश्र ः के छ विचारसर्वोत्कृष्ट पप गायन
डेविट शंकर ः तिमिलाई हेरेरसर्वाेत्कृष्ट डायसपाेरा अवार्ड
चेष्टर लिम्बू ः जिवन एक संघर्षसर्वोत्कृष्ट लोक पप गायन
नविन कार्की ः मान्छे होस इमान्दारसर्वोत्कृष्ट लोक पप गीतकार
अनिल तिखत्री ः तिमिलाई हेरेरसर्वोत्कृष्ट लोक पप संगीतकार
मानस राज ः मुड फ्रेससर्वोत्कृष्ट युगल गायन
मोहन श्रेष्ठ÷ सहिमा श्रेष्ठ ः अरे क्यानमसर्वोत्कृष्ट मौलीक गीत
हेमन्त कान्छा रसाईली ः कोही मर्दा कसैको तसर्वोत्कृष्ट लोकदोहोरी शब्द
सागर बास्तोला ः गरिदेउ विदासर्वोत्कृष्ट लोकदोहोरी लय
ऋषि खड्का ः गरिदेउ बिदासर्वोत्कृष्ट लोकदोहोरी गायक
राम कुमार नेपाली ः मुटु चसकेर होसर्वोत्कृष्ट लोकदोहोरी गायिका
सञ्जु न्यौपाने ः लामो कपालसर्वोत्कृष्ट मौलिक भिडियो
कमल एक्चै मगर ः रामदलीसर्वोत्कृष्ट आधुनिक÷पप निर्देशक
केशव राज भट्ट ः राजाको भैसीसर्वोत्कृष्ट आधुनिक÷पप मोडल पुरुष
राज टाईगर ः माया गरे तिमिलाईसर्वोत्कृष्ट आधुनिक÷पप मोडल महिला
अश्विीनी शाही ः तिम्रो मनमासर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
सृजन बराल (ऋषि) ः जारीसर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
सागर लम्साल (बले) ः सोल्टी सोल्टीनीसर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
एन जेड सालु ः आँखैमा बस्छौ कीसर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला (जुरी)
प्रमिता राजघतानी ः १८ प्लससर्वोत्कृष्ट नव मोडल पुरुष
बसन्त उदास ः बैरागीसर्वोत्कृष्ट नव प्रतिभा मोडल महिला
मिशेल घिमिरे ः परिणामसर्वोत्कृष्ट नव प्रतिभा मोडल महिला (पब्लिक च्वाईस)
पुनम श्रेष्ठ ः सुस्तरी सुस्तरीसर्वोत्कृष्ट कोरियोग्रफर
राहुल बराईली ः तिमि नै हौसर्वोत्कृष्ट म्युजिक एरेन्जर
सुदिप सागर ः सकम्बरीसर्वोत्कृष्ट ध्वनी मिश्रण
नरेन्द्र वियोगी ः नदेखेकोसर्वोत्कृष्ट छायाँकार
मुकेश हुमागाई ः तिम्रो यादसर्वोत्कृष्ट भिडियो सम्पादक
अमृत चापागाई ः मेरो लाहुरेसर्वोत्कृष्ट नेपाल भाषा गीतकार
नातीकाजी महर्जन ः बाला आपालँसर्वोत्कृष्ट नेपाल भाषा संगीतकार
मनराज नकर्मी ः असं बजाः मंग बजाःसर्वोत्कृष्ट नेपाल भाषा गायन
मोहन शाक्य ः असं बजाः मंग बजाः
.
सर्वोत्कृष्ट नेपाल भाषा भिडियो
.दर्शन विर शाक्य ः जिगु देय् जित यःसर्वोत्कृष्ट डेउडा गीत
शान्ति शाही ः पहाडकी मैना चडीसर्वोत्कृष्ट उत्कृष्ट मैथली÷भोजपुरी गीत
प्रेमनारायण झा ः आजुक दिन शुभमंगल होसर्वोत्कृष्ट मैथली÷भोजपुरी गायन
विरेन्द्र कुमार झा ः तुतै तोईड देल्ही हमर दिलसर्वोत्कृष्ट मैथली÷भोजपुरी भिडियो
मुन्ना कुमार ः बिन्दिया तोहर गेसर्वोत्कृष्ट मैथली÷भोजपुरी भिडियो (जुरी)
बद्री शाह ः बेटीपर नही करु अत्याचार

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..