नाला – नव मिलन युवा क्लब बनेपा १० को आयोजनामा पाचौं संस्करण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । फागुन ७ गते सोमबारको दिन युवा जागरण सामाजिक एकता भन्ने मुल नाराको साथमा खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।

बनेपा नगरपालिका वडा नं. १० को वडा अध्यक्ष चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
आयोजित फुटबल खेलको समापन समारोहमा प्रमुख अतिथि खड्काले खेलको माध्यमबाट पनि खेलाडीले आफ्नो गाउँ, समाज र राष्ट्रलाई चिनाउन सक्ने विचार व्यक्त गर्दै अनुशासित खेलाडीले नै राम्रो नतिजा प्राप्त गर्न सक्ने धारणा राख्खुभयो।

संयोजक देबेन्द्र बिसुन्केको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । नव मिलन युवा क्लबका अध्यक्ष श्याम बहादुर मिजारले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको कोषाध्यक्ष रुपाल बिसुन्केको अनुसार एक्टिभ युथ क्लब प्रथम भएर ३० हजार नगद सहित प्रमाणपत्र,मेडल र कप प्राप्त गरेको छ भने नव प्रतिभा युवा समाज दोश्रो भएर १५ हजार नगद सहित प्रमाणपत्र, मेडल र कप प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको उकृष्ट खेलाडी सचिन रोक्का, उत्कृष्ट गोल कर्ता प्रविन कोइराला , उत्कृष्ट गोल रक्षक मनिस परियारलाई कप प्रदान गरिएको थियो ।

कार्यक्रममा बनेपा नगरपालिकाको कार्यपालिका सदस्य ज्योति बोगटी, नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य तथा नव जागरण अभियानको अध्यक्ष दिपेन्द्र सुर्खेती, बनेपा नगरपालिका वडा नं. १० को वडा सदस्य सुशील थापा, नेकपा एमाले बनेपा नगरपालिका वडा नं. १० को वडा कमिटी अध्यक्ष पवन केसी, नेकपा माओवादी केन्द्र बनेपा नगरपालिका वडा नं. १० को अध्यक्ष योगेन्द्र बिष्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

फुटसल प्रतियोगिताको योजनाकार सबिन मिजार, सचिब बिकास रोक्का, नव मिलन युवा क्लब उपाध्यक्ष भरत मिजार, सचिव रामशरण पुर्कुटि, कोषाध्यक्ष गणेश रोकाय क्लबका सल्लाहकार अन्य सदस्यहरु खेलाडीहरु स्थानीयहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

हेर्नुस् केही तस्वीरहरु 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..