निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन अवैधानिक भन्नै सक्दैन : गगन थापा

# निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन अवैधानिक भन्नै सक्दैन : गगन थापा
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, पुष २८, २०८२
निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन अवैधानिक भन्नै सक्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न नसक्ने बताएका छन्।

सोमबार विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रस्ताव गर्दै उनले विशेष महाधिवेशनलाई आयोगले अवैध भन्नै नसक्ने बताएका हुन्।

बिज्ञापन

‘विशेष महाधिवेशनको आवश्यकता किन पर्‍यो भनेर व्याख्या गरेको छु। यो विशेष महाधिवेशन वैधानिक छ कि छैन यसको वैधानिक प्रावधान के छ। संविधानले के भन्छ। राजनीतिक दल सम्बन्धी प्रावधान भएको संविधान हाम्रो पनि हो। संविधान भन्दा माथि केही पनि छैन,’ उनले भने, ‘हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणीकरण भएको विधान हो। आज यो विषयबारे कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा, निर्वाचन आयोगले एक, दुई, तीन हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दैसक्दैन। ढुक्क भएर बस्नुस्।’

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up