काठमाडौं – चाँपाबाेट टाेल विकास संस्थाकाे आयाेजना र टाेखा नगरपालिका वडा नं १ काे आर्थिक सहयाेगमा साविक झाेर वडा स्तरीय फुटबल प्रतियाेगिता भदौ १० देखि कार्तिक १०गते सम्म संचाल भएको छ । प्रमुख अतिथि टाेखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी बिशिस्ट अतिथि टाेखा १ का वडा अध्यक्ष रमेशकुमार लामिछाने ,जिल्ला स.स राजकुमार विडारी सदस्य बिजय तामाङ विभिन्न राजनीति दलका प्रतिनिधहरू,संघसंस्थाका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे । जाहानियागाँउ र झाेरगाँउ बिच आज भएको फाईन खेलकाे उद्घाटन प्रमुख प्रकाश अधिकारी र बिशिस्ट अथिति वडा अध्यक्ष रमेशकुमार लामिछानेले गर्नुभएको भियाे कार्यक्रम मन्तव्य राख्दै वडा अध्यक्ष रमेशकुमार लामिछानेले हामी जनप्रतिनिधि भएपछि याेजनामा राखेर हाम्रो वडामा भएका खेलाडी भाईहरूकाे लागि बार्षिक बजेट छुटाएर अगाडि बढेकाछाैं। टाेखा नगरपालिका १ बिकासकाे लागि हामिले गर्नुपर्ने काम गरिराखेका छाैं युवाहरूकाे वृद्धि बिकासमा हामी लागि परेकाछाै गतवर्ष पनि खेलकुद आयाेजा गरिएकाे थियाे ।यसपटक खेलाडीहरूकाे उल्लेखनीय सहभागीता रहेकाे छ हाम्रो वडाकाे तर्फबाट सधैं जनताकाे साथमा रहेको कुरा बताउनुभयो । त्यसैले खेलाडीहरूलाई खेलक्षेत्रमा प्राेत्सानकाे लागि मेराेतर्फबाट हरहमेसा सहयोग रहने र बिशेश गरि टाेखा नगरपालिका भित्र खेलमैदानकाे अभाव रहेकाे र यसकाे निर्माणमा लागिपरेको कुरा बताउनु भयाे र आज हुने बिजेता र उपबिजेता तथा सम्पूर्ण खेलाडिहरू र आयाेजक टिमहरूलाई धन्यवाद दिनुभया। कार्यक्रमका प्रमुख अतिथि प्रमुखु प्रकाश अधिकारीले टाेखा नगरपालिकामा धेरै खेलाडीहरू छन् हामी यसलाई प्रमाेड गरिराखेकाे छाै । हामीले टाेखा नगरपालिका भित्र रहेका खेलाडिहरूकाे पहिचान गरेर विश्व सामु टाेखालाई चिनाउनुछ अव हुने मयेर कप मा टाेखा एक बाट ११ टिम हाेइन १बनाएर बलियाे खेलाडि तथा टिम बनाउनुका लागि अनुराेध गस्नुभयाे खेललाई यहाँ सम्म ल्याउनुहुने टाेखा नपा वडा अध्यक्ष रमेशकुमार लामिछाने लगाएत सम्पूर्ण जनप्रतिनिधिहरूलाई र आयाेजक चाँपाबाेट टाेल विकास संस्था लाई धन्यवाद दिनुभयाे ।जम्मा ११टिमकाे सहभागिता रहेकाे छ
आज भएकाे अन्ति फाईनल खेल टोखा १ नम्बर टोल स्तरीय फुटबल प्रतियोगितामा (जाहानिया गाउँ) साबिक वडा नम्बर :-०४ ‘क’ टिम बिजेता भएका छन् भने साबिक वडा ०६ नम्बर (झोर तामाङ टोल) टिम उप- बिजेता हुन पुगेका छन् बिजेताहरूलाई प्रमुख अतिथि प्रकाश अधिकारी र बिशिस्ट अतिथि रमेशकुमार लामिछाने पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयाे। चाँपाबाेट टाेल बिकास संस्थाका अध्यक्ष सुजन तामाङ ले मायाकाे चिनाे प्रदान गर्नुभएको थियाे ।कार्यक्रममा धन्यवाद दिदै सुजन तामाङले टाेखा नगरपालिका वडा नं १ वडा अध्यक्ष रमेशकुमार लामिछाने लगायत वडा सदस्य हरू , टाेखा नगरपालिका , विभिन्न संघसंस्थाहरू ,प्रहरी , नगर प्रहरी आयाेजक संस्थाका पदाधिकारीहरू स्यमसेवक हरू स्वास्थ्यकर्मीहरू, हरपहल एफका रूपक तिवारी , मिडिया पाट्नरकाे रूमा रहेकाे बालकुमारी खवर ,बालकुमारी मुभिज् हाउसका संचालक पत्रकार सानुकाजि थापा लगायत सम्पूर्ण लाई धन्यवाद दिनुभयाे भने कार्यक्रमकाे संचाल समाजसेवि दिल बहादुर तामाङले गर्नुभएको थियाे ।
सानुकाजि थापा

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly