काभ्रेपलान्चोक – बनेपा वडा न.२ मा वडा वाल सञ्जाल गठन सम्पन्न  भएको छ वडा अध्यक्ष हरिशरण घिमिरेको प्रमुख आतिथ्यतामा  वडा बालबालिकाको भेला सप्पन्न गरि बनेपा वडा न.२  बाल सञ्जाल कमिटी समेत सठन सम्पन्न भएको हो।
भेलाले बालकृष्ण घिमिरेको अध्यक्षतामा १५ सदस्य सहितको कमिटी निर्माण गरेको छ।

जिल्ला बाल सञ्जाल काभ्रेका अध्यक्ष सुबोध धिमाल र जिल्ला सदस्य सुस्मा आचार्यको  सहभागितामा बालबालिकालाई विभिन्न सचेतनामुलुक तालीम प्रदान गरिएको थियो ।
कार्यक्रम पछिल्लो समय बालबालिकामा परेका विभिन्न मानसिक असर कसरी नियुनिकरण गर्न सकिन्छ भन्ने सन्दर्भमा केन्द्रित थियो।
जिल्ला अध्यक्ष धिमालले करिब ८ घण्टा लामो प्रशिक्षणमा बालबालिकाको समाज र भविस्य प्रतिको दायित्व र प्रमुख जिम्मेवारी , बाल सञ्जालको उदेश्य लगाएत बाल सञ्जालले गर्नु पर्ने कार्य लगाएत विविध विषयमा बालबालिकालाई प्रशिक्षण गर्नु भयो।

बाल अभियानता सुजाता गिरिको पहल र सहजकर्तामा  उक्त वडामा बाल सञ्जाल गठन सप्पन्न भएको हो। अभियानता सुजाता गिरिले बालबालिकाको हकहित र अधिकार प्राप्तिका निमित्त आफुहरुले काभ्रेका प्रतेक स्थानीय तहमा बाल सञ्जाल गठन गर्दै आहिरहेको र बनेपा न.पा वडा न .२ मा पनि बालबालिकाले पनि समाजको  सकारात्मक परिवर्तनमा योग्दान दिन सक्छन् भन्ने हेतुले अध्यक्ष सुबोध धिमाल लगाएत आफुहरुको पहलकदमिमा उक्त वडा कमिटी गठन गरेको बताउनु भयो।

भविस्यका कर्णधार भनेका अहिलेका बालबालिका हुन र यिनै बालबालिका लाई विभिन्न सामाजिक क्रियाकलापमा अग्रसर गराएर समाजको सहि अवधारणाको अध्यनबाट पछि मुलुकको समृद्ध यिनै बालबालिकाले गर्न सक्ने बिश्वास बोकेर आफुहरुले यो अभियानलाई सकृय रुपमा अघि बढाएको जिल्ला बाल सञ्जाल अध्यक्ष धिमालले बताउनु भयो।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.