काभ्रेपलान्चोक – नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीक तीज गीत फूलै फूल्यो तिउरी लिएर आएका छन् । विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रीलीज गरेका हुन् । सिसि नेपाल युट्युब च्यानल मार्फत  गीत रीलीज गरीएको छ । शान्तिप्रियको  शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत गरेको यस गीतमा अहिलेका जल्दावल्दा एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईले एरेञ्ज गरेका छन् । गीतलाई प्रसिद्ध मौलिक गायीका दुर्गा परियारले आवाज प्रदान गरेकी छिन् । गीतको मीक्सीङ भने मनोज परियारले गरेका छन् ।

फूलै फूल्यो तिउरी टिपी कानमा सिउरीए

स्वामी राजा मुस्कुराए लाजैले म निहुरीए

वरीलै तीजैको रहर

कोही गाउँछन् संगी कोही नाच्छन्  संगी

वरिलै खुलेर गाउँ सहर …..

गीतमा अभिनेत्री एवं मोडल अनामीका चौलागाई र नव मोडल  झरना परियार फिचरिङ छन् । गत वर्ष देखी एकै साथ ३ तीज गीत मोडलिङ गरेर तीजका गीतमा मोडलिङ गर्न थालेकी अनामीका एवं यसै गीतबाट डेब्यू गरेकी झरना परियारको केमेस्ट्री मिलेको छ । भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् ।  भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा संपादक राजिव बलामीले गरेका छन् । भिडियोको निर्दिष्ट भने शान्तीप्रियको रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..