काभ्रेपलान्चोक – सफल कपडा ब्यवसायिको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को परिचय सिनेकर्मी पनि हो । उनि बनेपा स्थित शुभकामना सिनेमा हलका सञ्चालक पनि हुन् ।
सिनेमा क्षेत्रमा आफू जोडिए पनि ती काम नामको लागिमात्र भएको र घर, परिवार भने कपडा व्यवसायबाटै चलिरहेकोे उनको भनाई छ । २०४२ साल देखि बागबजार स्थित ‘स्ट्यान्डर टेलर’ सञ्चालनमा ल्याएका प्रधानले आफ्ना ग्राहकका लागि बम्पर अफर ल्याएका छन् । कोरोना कहरका कारण ब्यवसाय ठप्प छ । त्यसैले स्टक सामान पनि नरहने र आफुलाई पनि केही राम्रो हुने भन्दै कपडा र सिलाई सहित नयाँ सुट रु.६,००० र सर्ट तथा पाईन्ट रु.२,५०० अब ग्राहककोे घर, अफिसमै पुगेर कपडाको स्याम्पल देखाई उहाँहरुको रोजाई अनुसारको कपडा तयार पारी ग्राहकको पाएक पर्ने स्थानमै डेलिभरीको सुविधा मिलाइएको प्रोपाइटर दुर्गालाल प्रधानले जानकारी गराएका छन् ।
उनले ११ हजार पर्ने सुटलाई ६ हजारमै ‘अफर’ दिएका छन् । आफैले कपडा छानेर होस् वा रेडिमेड, सबैमा उनले यस्तो अफर ल्याएका हुन् । पुरुषका सम्पूर्ण पहिरनमा अहिले अफर ल्याएका छौँ’, उनले भने । कोरोनाले ग्राहक तथा व्यवसायी सबैको अवस्था उस्तै भएकोले सबैको राहतका लागि आफुले यस्तो अफर ल्याएको उनले बताए ।
यो अफर २०७८ साल बैशाखको शुभकामना आदान प्रदान पश्चात सक्किने छ । कपडा ब्यवसायमात्र गरेको भए आफ्नो परिचय त्यतिमै सिमित रहने थियो, सिनेमा क्षेत्रमा लागेकोले आफ्नो चौतर्फि परिचय बनेको र देश, विदेश घुम्ने अवसर मिलेको भन्दै उनले खुशी ब्यक्त गरे । – StarPratika.com बाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..