तारकेश्वर नगरपालिका –४, लोलाङमा रहेकाे संस्कृती शिक्षा सदन बिद्यालयले सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

विद्यालयका प्रवन्ध निर्देशक रविन्द्र खत्रीको संयोजकत्वमा भदौ २३ गते भएको उक्त कार्यक्रममा विद्यार्थीहरु द्धारा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । साथै कार्याक्रममा विद्यार्थीहरुले विभिन्न जात जातिलाई चिनाउने पोशाक सहित परम्परागत तथा आधुनिक नृत्य प्रस्तुत गरेका थिए ।

उल्लेखनीय संख्यामा उपस्थित अभिभावकहरुका माझ उक्त कार्यक्रममा बिद्यालयले गत वर्षको एस.ई.ई. परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई आगमी दिनहरुको उज्वल भविष्यको शुभकामना सहित सम्मान कार्यक्रम गरियो विद्यालयका प्रवन्ध निर्देशककाे हातबाट उत्कृष्ट ग्रेड ल्याउने ५ जना विद्यार्थीहरुलाई नगद रु. २५००० का दरले, ब् ग्रेड ल्याउने ८ जना विद्यार्थीलाई नगद रु २०००० र अंक ल्याउने १ जना विद्यार्थीलाई रु.१०००० ले सम्मान गर्नु भयो ।

साथै विद्यालयमा विद्यार्थीको उज्जल भविष्यको लागि अहोरात्र खटिएका कार्य सम्पादनका आधारमा विभिन्न शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरिएको थियो । सम्मान गर्ने क्रममा ८ जना शिक्षक शिक्षिकाहरुलाई प्रसंशा पत्र सहित रु. पच्चीस हजारकाे दरले सम्मान प्रदान गरिएको हाे। बिद्यालय संचालक एंव कार्यक्रमका सभापति रवीन्द्र खत्रीले समयसमयमा यस्तो कार्यक्रले बिद्यालय ब्यवस्थापन ,शिक्षक शिक्षिका,बिद्यार्थी र अभिभावक बिच सुमधुर सम्बन्ध रहने र आत्मियता बढ्ने बढ्ने कुरा बताउनु भयाे।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र