तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो
भमराझैँ छानीछानी फूलमा डुल्न सकिन भो
बैगुनीको मायाले धुरुधुरु रुने बनायो

यो सर्वप्रिय गीत आजभन्दा झण्डै पन्ध्र वर्ष अगाडि प्रकाश के.सी.को शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको थियोे ।
आजको नयाँ पुस्तासँग सहकार्य गरेर अगाडि बढ्ने सिलसिलामा उक्त गीत पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गरिएको छ ।सन्जिब बराइलीको अरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ ।
गीतमा गायिका समीक्षा अधिकारीले आफैँ अभिनय गरेकी छिन् । रामकुमार के.सी.को छायाङ्कन, पदम सुबेदीको सम्पादन रहेको भिडियोलाई सन्तोष राजबहाकले निर्देशन गरेका छन् । भिडियो कामना डिजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly