बजेट अनुसार कुल विनियोजनमा चालु खर्चतर्फ ६७ करोड ६५ लाख ३२ हजार अर्थात ५८.७५ प्रतिशत,पूँजिगत खर्च तर्फ ४६ करोड ७९ लाख ६८ हजार अर्थात ४०.६४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७० लाख अर्थात ०.६१ प्रतिशत रहने छ ।

नगरले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्य(मौज्दातसमेत) बाट १३ करोड ९१ लाख,राजश्व बाँडफाँटबाट १९ करोड १० लाख ५८ हजार,संघ सरकार अन्तरसरकारी हस्तान्तरणबाट ४५ करोड ७५ लाख प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै प्रदेश सरकार अन्तरसरकारी हस्तान्तरणबाट ४ करोड ३९ लाख ४२ हजार,अन्य कार्यक्रम तथा परियोजनाबाट २९ करोड ९९ लाख र जनसहभागिताबाट २ करोड प्राप्त हुने अनुमान छ ।

नगरप्रमुख व्यञ्जुले नगररको स्वास्थ्य,शिक्षा,युवा तथा खेलकुद,महिला,बालबालिका,अपांग,जेष्ठ नागरिक,सामाजिक सुरक्षा र सामाजिक समावेशिता,पूर्वाधार,पर्यटन,कृषि,पशुपन्छी,गरिवी न्यूनीकरण,श्रम,रोजगारी तथा उद्यम,वन वातावरण तथा विपद व्यवस्थापन,सूचना,सञ्चार तथा प्रविधि,सेवा प्रवाह,संस्थागत विकास तथा सुशासन,राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध,राजश्व परिचालन,सार्वजनिक सम्पतिको स.रषण तथा व्यवस्थापन जस्ता क्षेत्रका नीति तथा कार्यक्रमहरु समेत नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।

उहाँले नीति तथा कार्यक्रमका साथै बजेट नगरको समृद्धिमा केन्द्रित रहेको स्पष्ट पार्नुहुदै यसको सफल कार्यन्वयनका लागि नगरसभा सदस्यहरु,नागरिक समाज,सरकारी एवं गैरसरकारी संस्थाहरु,कर्मचारी वर्ग एवं आम नगरवासीको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

तेह्रौं नगर सभामा नगर उपप्रमुख निराजन जंगमले आर्थिक वर्ष २०७९/०८० को नीति,कार्यक्रम र बजेट कार्यन्वयनको पाटोबारे स्थिति समिक्षा प्रस्तुत गर्नुभएको थियो ।

उहाँले गत आर्थिक वर्षको यथार्थ आय तर्फ १ खर्ब १८ करोड ५० लाख ८४ हजार ६९९ रुपैयाँ आम्दाी भएकोमा चालु,पूँजि र वित्तीय व्यवस्थापन खर्च समेत गरी जम्मा ९५ करोड २१ लाख ६० हजार २२१ रुपैयाँ खर्च भई ८०.३५ प्रतिशत प्रगति भएको बताउनुभयो ।

उपप्रमुख जंगमले गत आर्थिक वर्षका लागि नगरले तर्जुमा गरेको नीति,कार्यक्रम र बजेट कार्यन्वयमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नु भयो  ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..