काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिकामा जन्मनु भएकी गायिका सरु गौतम आज भोलि निकै व्यस्त देखिनु हुन्छ । पछिल्लो समय उहाँको आवाजमा आएको पहिलो भेटमै लायौ मोहोनी गितले निकै बजार तताएको थियो । कहिले गित रेकर्डिङमा त कहिले मेला महोत्सवको साथै उहाँलाई कहिले गितको सुटिङमा देख्न पाइन्छ । पछिल्लो समय व्यस्त गायिकाको रुपमा आफु लाई सुपरिचित गराउन सफल भएकी छिन् ।
२०६२÷ ६३ सालको जनआन्दोलन बाट गित संगितको यात्रा सुरु गरेको बताइन् । सुरुमै लोकतान्त्रिक गित गायर काभ्रे जिल्ला फस्ट भएको गौतमले बताइन् । पछि समय सँगसँगै चर्चित गायक रामहरि न्यौपानेसँग भेट भयो । उहाँले मेरो आवाज सुनेपछि राम्रो छ भनेर हौसला दिनुभयो । गायिका बन्नुपर्छ भनेर प्रेरणा दिनु हुन्थ्यो । सबैले तिम्रो आवज राम्रो छ गायिका बन है भन्दा निकै खुसी लाग्थ्यो ।१३÷१४ बर्षको थिए । काभ्रे जिल्ला फस्ट भए पछि धेरै जना पत्रकारहरुले मेरो अन्तर्वार्ता पनि लिनुभयो। अनि पत्रीकामा पनि मेरो ठुलो फोटो सहितको न्युज आउँदा खुशीको सिमानै थिएन । अनि मेरो मनमा म अब साच्चिकै गायिका बन्छु भन्ने लाग्यो । अनि एस.एल.सि दिएर काठमाडौं आउन साथ संगित सम्बन्धि कक्षा लिन थाले, पछि संगितकार किरण बाबु पुनसँग मेरो भेट भयो । उहाँकै शब्दमा मेरो र नरेन्द्र प्यासी दाइको आवाजमा “अपार माया हाम्रो कैले पनि छुट्दैन“ भन्ने गित गाउने अवसर पाए । त्यस पछाडी मेरो संगितिक यात्राको सुरुवात भयो एक पछि अर्को गरि मैले गायको गितहरु सबैले मन पराइदिनु भयो अहिले यहाँ सम्म आइपुगेको छु गायिका सरु गौतमलाई पछिल्लो समयको चर्चित गायिका भन्दा फरक नपर्ला, लामो समयको संगित सम्बन्धि कक्षा, त्यो मेहनत, लगनशीलता, धैर्यताको कारणले गर्दा नै आज सरु गौतम सबै माझ सुपरिचित हुनुहुन्छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गायिका सरु गौतमसँग गरेको समसामयिक कुराकानी 

० आजभोलि केमा व्यस्त हुन्छ ?
आजभोली गित संगीत अनि कार्यक्रमहरुमा नै व्यस्त छु । नयाँ नयाँ गितहरुको कामहरु पनि भैरहेका छन् । दर्शकहरुलाई मन पर्ने खालको गितहरु ल्याउने तयारीमा छु। अलिअली मेला महोत्सव कार्यक्रमहरुमा पनि गइरहेको छु ।

० तपाईंको गीत संगितको यात्रा कसरी सुरु भयो ?
२०६२÷६३ सालको जनआन्दोलनमा लोकतान्त्रिक गित गायर काभ्रे जिल्ला पहिलो भएकी थिए । त्यतिबेला सबैको हौसला माया साथ सपोर्टले मलाई गायिका बन्नुपर्छ भन्ने प्रेरणा मिल्यो, पछी काभ्रेकै गायक मेरो आदरणीय दाई रामहरि न्यौपाने संग पनि भेट भयो उहाँले मलाई धेरै हौसला दिनुभयो गायिका बन्नको लागि उत्प्रेरित गर्नुभयो । त्यस पछि काठमाडौं आए संगीत क्लास सुरु गरे, त्यही क्रममा नरेन्द्र प्यासी दाईसंग अपार माया हाम्रो कैले पनि टुट्दैन बोलको गित बाट गितसंगीतको यात्राको सुरुवात भएको हो ।

 

० गीत संगीत कस्तो होस जस्तो लाग्छ तपाईंलाई ?
गित संगीत एउटा यस्तो चिज हो जसले दुखमा पनि अनि सुखमा पनि बजाइने गरिन्छ । मान्छे दुखी हुँदा पनि गित संगीत सुनेर आफ्नु दुख भुलाउने कोसिस गर्छन् अनि सुखमा खुशी हुँदा पनि गित संगीत बाटै आफ्ना खुशीहरु साट्छ्न । मानिस जस्तो अबस्थामा पनि संगीतलाई धेरै प्रेम गर्दछन । शब्द संगीत अनि आवाजले दर्शकको मन जित्न सक्नुपर्छ । सम्पुर्ण दर्शक श्रोताहरुलाई शब्द संगीत अनि आवाजले मन मुटुमा चसक्क छुन सक्ने होस् जस्तो लाग्छ ।
० तपाईं गीत संगीत बाहेक के गर्नु हुन्छ ?
गित संगीत बाहेक मेरो आफ्नै पारिवारिक व्यवसाय पनि रहेको छ ।

० गीत संगीत क्षेत्र बाट बाच्न सकिन्छ ?
मिहेनत गरेर राम्रो काम गर्ने कलाकार पक्कै पनि बाच्न सक्छन्। गित संगीत मै खटेर काम गर्ने कलाकारहरुलाई बाच्न सजिलै छ ।

० तपाईंको सबैभन्दा चर्चामा रहेको गीत कुन हो ?
हुनत आफुले गायका सबै गित हिट नै जस्तो लाग्छ मैले गायका गितहरु मध्य दर्शकहरुले माया गर्नु भएका गितहरु अपार माया, जाउन माया भागेर, चम्चा पिलेट, कुटुकुटु मुटु खाईरहने, छड्के सलाम, के यो माया हो, मायालुलाई भेटेसी, पहिलो भेट्मै लायौ मोहनी लगायत अन्य धेरै गितहरु मेरा चर्चामा नै छन् ।

० नेपाली गीत संगीतमा धैरै नकारात्मक कुराहरु पनि आएका छन् यसलाई कसरी लिनु हुन्छ ?
नेपाली गित संगितमा मात्र नभई हरेक क्षेत्रमा सकारात्मक नकारात्मक दुबै कुराहरु आउछन् । त्यसलाई कसरी लिने आफुमा भर पर्ने कुरा हो । पछिल्लो समय हरेक क्षेत्रमा अलिकती बढी बिकृती फैलिरहेको छ । हामीले विभिन्न घट्नाहरु पनि सुन्छौ अब त्यो बिकृतीहरुलाई रोकथाम गर्नको लागि राज्यले ध्यान पुर्याउन आवश्यक छ जस्तो लाग्छ ।

० तपाईंको हाल सालै सार्वजनिक भएको गीतको सफलता बारे छोटो टिप्पणी ?
मेरो हालै सार्बजनिक भएको गित फुल तिमी बास्ना मेरो लाई दर्शक श्रोताले माया गरिदिनुभएको छ। सरु गौतम अफिसियल युट्युब च्यानलबाट रिलिक भएको छ। राम्रो प्रतिक्रिया दिनुुभएको छ। गितकार संगीतकार एरेन्जर आदरणीय राजेन्द्र बजगाइ दाइसँग सहकार्य गरेको छु । संगीता घिमिरेको शब्द राजेन्द्र बजगाइको संगीत अनि संगीत संयोजन पनि राजेन्द्र दाइकै रहेको छ । उक्त गित राजेन्द्र दाइको र मेरो आवाज बजारमा सार्वजनिक भएको हो ।यो गितलाई अभि वाग्लेले निर्देशन गर्नुभएको छ भने छायांकन प्रबेश अधिकारीको रहेको छ । प्रज्ज्वल भण्डारी र अल्बिना तिमल्सिनाको अभिनय बजारमा आएको छ ।

० कस्तो प्रेरणाले गीत संगीतमा लाग्नु भयो ?
म सानै देखि चंचल स्वभावको थिए । नाच्न गाउन भने पछी अगि सरिहाल्थे, गाउँमा कसैको बिहे पुजाहरुमा गित गाउन र नाच्न भनेपछि हुरुक्कै हुन्थ्ये, तिहारमा देउसी भैलो खेल्दा पनि म नै अगाडि सर्न गरेको थिए । सानै उमेर देखि जतिबेला पनि गित मात्रै गाएर बस्ने बानी थियो मेरो, घरमा काम गर्दा होस बाटोमा हिडेको बेलामा पनि गुनगुनाइ रहेको हुन्थ्ये, आफुले गुनगुनाको म आफैलाई थाहा हुन्दैन थियो । अहिले पनि त्यस्तै बानी छ मेरो, सबैले तारिफ गर्नुहुन्थ्यो, सबैले हौसला दिनुहुन्थ्यो । स्कुलका साथीहरू गुरुवर्गहरु घर परिवार आफन्तहरुको प्रेरणाले गर्दा गितसंगीतमा लागेको हो ।

० तपाईंलाई गीत संगीतमा घर परिवार वटा कतिको सपोर्ट छ ?
घर परिवार बाट सपोर्ट पाएकी थिइन भने आज सरु गौतम भनेर गित गाएर हिड्न पाउदैनथ्ये होला सायद, कतिपय कलाकारलाई परिवार बाट सपोर्ट नपाएर एक्लै संघर्ष गरिराख्नु परेको छ । कतिपयलाई लुकेर काम गर्नु पर्ने बाध्यता छ । मलाई आज सम्म त्यस्तो समस्या परेको छैन मलाई मेरो घर परिवर बाट पूरा नै सपोर्ट छ। मेरो बुवा ममि दिदिहरु दाई भाई बैनी मेरा आफन्त सबैको पुरा सपोर्ट मिलेको छ ।

० तपाईंको आगामी योजना के छ ?
दर्शकहरुलाई मन पर्ने गित संगीतहरु ल्याउने तयारीमा छु । फरक फरक खालको कुनै डान्सिङ टाइपको गित छ कुनै सेन्टिमेन्टल कुनै मेलोडियस कुनै लोक पप टाइपको गितहरु बनाउदै छु । मिहेनत गरिरहेको छु । सम्पुर्ण दर्शकहरुले पक्कै पनि मन पराउनु हुन्छ भन्ने आशा गरेको छु ।

० दर्शकहरुको साथ ?
दर्शकहरु हाम्रो लागी भगवान हुनुहुन्छ । दर्शकहरुले माया गर्नुभएको छ। आज सम्म जति माया पाएको छु, आगामी दिनहरुमा अझै धेरै मायाको अपेक्षा गरेको छु । हजुरहरुलाई मन पर्ने खालको गित संगीत ल्याउने कोशिसमा सधैं रहने छु । अझै धेरै माया गर्नुहोला ।

० अन्त्यमा के भन्न चाहानुहुन्छ?
अन्त्यमा मेरो गितहरुलाई जति माया गर्नु भएको छ । अझै धेरै माया गरिदिनुहोला । मेरो कमि कम्जोरिलाई औंलाईदिनुहोला हजुर हरुले सल्लाह सुझाव दिनुभयो भने हामी कलाकारहरुलाई अगाडी बढ्नको लागि अझै उर्जा मिल्नेछ । साथै तपाईं लगायत तपाईंको मिडिया परिवार लाई धेरै धेरै धन्यवाद ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..