शनिबार २४ मंसिर
चलाल गणेशस्थान
बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ को उपाधि वडा नं. ४ को भूमिमाता युवा क्लबले चुमेको छ ।

प्रतियोगितामा वडा नं. ४ कै गणेशस्थान युवा क्लब  दोश्रो भयो भने वडा नं. ६ को स्टार युवा क्लब तृतीय भयो । मंसिर २० देखि २५ गतेसम्म वडा नंं ४ को चलाल गणेशस्थानमा सम्पन्न प्रतियोगिता शनिबार सम्पन्न भयो । कूल समय अवधिमा दुवै तर्फ २÷२ गोल भई थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि प्रतियोगिता ट्राइब्रेकर तर्फ धकेलिएको थियो ।

प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाले खेलकुदको विकासमा ध्यान दिएको बताउँदै समय समयमा यस्ता प्रतियोगिता गर्दै जाने बताउनु भयो । खेलले शरीर र मन दुवै स्वस्थ रहने बताउँदै उहाँले खेलकुदले एकाग्रता, अनुशासनको भाव बनाउने त छँदैछ यसका अलावा खेलकुदले आपसी सदभाव र भाइचारा वृद्धि हुने पनि बताउनु भयो ।

वडा स्तरबाटै खेलकुद विकासका लागि र युवाहरुमा खेलभावना वृद्धि गर्न यस्ता प्रतियोगिता सहायक हुने उहाँको भनाई थियो । नयाँ प्रतिभा जन्मिने र क्रियाशीलहरुको शैली र शिल्पीमा निखारपन आउने हुँदा पनि खेलकुदको विकाससँगै यसका पूर्वाधार विकासका लागि पनि आफूहरु जिम्मेवार भएर लागि रहने उहाँको भनाई छ । खेलकुदका पूर्वाधार विकास गर्न सके कृषि र पर्यटनसँगै खेलकुदबाट पनि बेथानचोकले केही गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । खेलकुद मनोरञ्जनका लागि मात्र नभएर राष्ट्रको आधार पनि भएकोले खेलकुदलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ मा प्रथम हुने टिमले नगद ६० हजार प्रमाण पत्र र ट्रफी, दोश्रो हुने हुने टिमले नगद ३० हजार प्रमाण पत्र र ट्रफी र तेश्रो हुने टिमले हुने टिमले नगद १५ हजार प्रमाण पत्र र ट्रफी हाता पारेको छन । प्रतियोगितामा भूमेमाताका सुन्दर तामाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । त्यस्तै भुमिमाताकै प्रकाश तामाङ उत्कृष्ट स्ट्राइकर, गणेशस्थान युवा क्लका सुवास तामाङ उत्कृष्ट गोल रक्षक र गणेशस्थान युवा क्लबका सौभाग्य लामा उच्च गोलकनर्ता हुन सफल हुनुभयो । सेभेन ए साइड कूल १६ वटा टिम सहभागी प्रतियोगिता नक आउट चरणमा खेलाइएको थियो । प्रतियोगिताको संयोजक चिरञ्जीवी लामा रहनु भएको छ । प्रतियोगिता सम्पन्न पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने करिब १८ जना व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिना, ३ का अध्यक्ष कुबेर ढकाल तथा ५ का अध्यक्ष राजकुमार लामाको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा “गेम विनिङ मोमेन्ट” सिर्जना गर्ने खेलाडीलाई इन्जिनियर अनिष ब्लोनले नगर रु ५ हजार प्रदान गर्नु भएको थियो । प्रतियोगिता समापन समारोहको अध्यक्षता बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका उपाध्यक्ष भोज बहादुर तिमल्सिनाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..