भुम्लुमा ८१ वर्षीय वृद्धको घरबाट सुनसहित नगद चोरी

भुम्लुमा ८१ वर्षीय वृद्धको घरबाट सुनसहित नगद चोरी
  काभ्रेको भुम्लु गाउँपालिकामा दुई स्थानीयको घर चोरी भएको छ । भुम्लु  गाउँपालिका -२, सिम्थलीस्थित न्यौपाने टोलका ३५ वर्षीय काइला लामा र ८१ वर्षीय च्याङ्बा लामाको घरमा   चोरी भएको हो । आज बिहान ३ बजे पाँच जनाको अपरिचित समूहले लामाको घरमा चोरी गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक हरेराम नेपालका अनुसार  ३५ वर्षीय काइला लामाको घरबाट  दुई वटा खुकुर...

तेमालमा कांग्रेस माओवादीबाट बिद्रोहसँगै एमाले प्रवेश

तेमालमा कांग्रेस माओवादीबाट बिद्रोहसँगै एमाले प्रवेश
बनेपा - तेमाल गाउँपालिका वडा नं ९ बाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट बिद्रोह भएको छ । नेकपा माओवादी केन्द्रको वडा तथा वाइसिएल नेपाल तेमाल वडा नं ९ को दुबैको संयोजकको जिम्मेवारी निभाएका उत्तर लामाको नेतृत्वमा विद्रोह भएको हो । त्यस्तै नेपाली कांग्रेसका निकट तरुण दलका गाउँ ईकाई समितिका सदस्य प्रदिप दोङको नेतृत्वमा एक दर्जन कृयाशिल सदस्यले मंगलबारबाट एमालेले रोजेका हुन् । एमाले...

युवा संघ काभ्रेद्धारा आयोजित फुटसलको उपाधी क्लव चौंरीले जित्यो

युवा संघ काभ्रेद्धारा आयोजित फुटसलको उपाधी क्लव चौंरीले जित्यो
राष्ट्रिय युवा संघ काभ्रेद्धारा आयोजित दोस्रो संस्करणको खुल्ला फुटसल प्रतियोगिताको उपाधी क्लव चौंरी शुन्य सेभेनले जितेको छ । बनेपा स्थित एबीएम फुटसल मैदानमा आज भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा एपीओ बनेपालाई ६–५ गोल अन्तरले पराजित गर्दै क्लव चौंरीले उपाधी जितेको हो । निर्धारित १५ मिनेटको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । क्लव चौंरी खड्पु फुटवल क्लवला...

जिल्ला सहकारी संघ काभ्रेको नयाँ नेतृत्व आए संगै परिकल्पना, उद्देश्य , लक्ष्य सहित योजना निर्माण

जिल्ला सहकारी संघ काभ्रेको नयाँ नेतृत्व आए संगै परिकल्पना, उद्देश्य , लक्ष्य सहित योजना निर्माण
  काभ्रेपलान्चोक - यहीँ पौष १४ र १५ गते दुई दिन जिल्ला सहकारी संघ लि. काभ्रेको संचालक समिति, लेखा सुपरिवेक्षण समिति , सल्लाहकारहरु र कर्मचारीहरुको उपस्थितीमा ४ बर्षे रणनैतिक योजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्व र संघका सल्लाहकार मुकुन्द प्रसाद दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र कार्यक्रम गर्दै औपचारिक रुपमा कार्य...

सम्बृद्वि साकोसको १६ औं साधारण सभा सम्पन्न

सम्बृद्वि साकोसको १६ औं साधारण सभा सम्पन्न
बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ५ मा रहेको श्री सम्बृद्वि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं साधारण सभा बामगती बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यतामा भएको छ । प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष सापकोटाले बागमती प्रदेशभरी सहकारीको अवस्था हेरेर क, ख, ग र घ वर्गमा वर्गिकरण गर्ने कार्य अघि बढेको बताउनुभयो । सहकारीको वित्तिय अवस्...

श्रमिक जनउत्थान साकोसको १५ औं साधारण सभा सम्पन्न, सम्पादक पौडेललाई सम्मान

श्रमिक जनउत्थान साकोसको १५ औं साधारण सभा सम्पन्न, सम्पादक पौडेललाई सम्मान
बनेपा / बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षता र बागमती प्रदेश सभाकी सांसद रुकु चौलागाइको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथी सांसद चौलागाईले सहकारीको भिडमा श्रमिक साकोसको विशिष्ट पहिचान भएको बताउनुभयो । उहाँले सहकारीको समस्याको बारेमा ध्या...

नेकपा एमाले भुम्लु ३ वेखसिम्ले वडा अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्र घर्ती क्षेत्री सर्वसम्मत

नेकपा एमाले भुम्लु ३ वेखसिम्ले वडा अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्र घर्ती क्षेत्री सर्वसम्मत
काभ्रेपलान्चोक - नेकपा एमाले भुम्लु-३ वेखसिम्ले वडा कमिटीको दोस्रो अधिबेशन नेकपा एमाले काभ्रे जिल्ला कमिटी उपसचिव रत्नकुश रंजितकारको प्रमुख आथिथ्यतामा सम्पन्न भएको छ । वडा अधिबेशनबाट अध्यक्षमा गोपाल चन्द्र घर्ती क्षेत्री सर्वसम्मत चयन हुनु भएको छ भने ११ सदस्यीय कमिटी तथा पालिका प्रतिनिधि छनोट गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य टिकाराम लामा, रमेश लामा पालिका कमिटी अध्यक्ष लगायतको उपस्थ...

मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित ३ दिने महोत्सव उद्घाटन

मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित ३ दिने महोत्सव उद्घाटन
दिपक योगी - काठमाडौं । मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित मध्यपुर महोत्सव आजबाट सुरु भएको छ । २०८१ पौष १२ , १३ र १४ सम्म हुन गइरहेको आज महोत्सवको पहिलो दिन प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकाश मन्त्री माननीय प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको छ । मन्त्री सिंहले उद्घाटनकाे क्रममा बाेल्दै यस मध्यपुर थिमी नगरपालिकालाई बिश्वसामु चिनाउन र पर्यटन बिकाशको लागी नेपाल सरकारबाट आफुल...

एमाले धुलिखेल नगर कमिटीमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा विष्णु धिताल

एमाले धुलिखेल नगर कमिटीमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा विष्णु धिताल
नेकपा एमाले धुलिखेल नगर कमिटीको अध्यक्षमा विष्णु धिताल ‘काभ्रेली’ निर्वाचित भएका छन् । धुलिखेल नगर कमिटीको दोस्रो अधिवेशनबाट धिताल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उनी नगर कमिटी सचिव थिए । धिताल धुलिखेल नगरपालिका वडा नम्बर ११ का पुर्व वडा अध्यक्ष समेत हुन् । अधिवेशनबाट उपाध्यक्षमा पुष्पराज राउत, सचिवमा कृष्णहरी कोइराला, उप सचिवमा गणेश आचार्य र सरस्वती श्र...

चाँगुनारायणद्वारा पुस २० गते प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्ने : बिजेता टाेलीले नगद ५० हजार पाउने

चाँगुनारायणद्वारा पुस २० गते प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्ने : बिजेता टाेलीले नगद ५० हजार पाउने
चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा साे प्रतियोगिता गर्ने भएको हाे । नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गरि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली फाँटमा सो प्रतियोगिता गर्ने नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताए । साे प्रतियोगिताबारे जानकारी दिन आया...