राष्ट्रिय युवा संघ नेपाल, र अनेरास्ववियु काभ्रेले देखायो सभामुख सापकोटालाई कालो झण्डा, धुलिखेलमा सेना परिचालन

राष्ट्रिय युवा संघ नेपाल, र अनेरास्ववियु काभ्रेले देखायो सभामुख सापकोटालाई कालो झण्डा, धुलिखेलमा सेना परिचालन
काभ्रेपलान्चोक- राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेले सभामुख अग्नि प्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । आज बिहीवार धुलिखेलस्थित बिपी राजमार्गमा कालो झण्डा देखाएको हो । एमसीसीको खारेजी, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको लगायतका विषयलाई लिएर काभ्रेका विद्यार्थीले कालो झण्डा देखाएका हुन् । उक्त स्थानमा नेपाली सेनानै परिचालन गरेको थियो भने विरोध पछि विद्यार्थी र...

नमोबुद्धको एघारौं नगरसभा सम्पन्न

नमोबुद्धको एघारौं नगरसभा सम्पन्न
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभा बुधबार सम्पन्न भएको छ । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाको अध्यक्षतामा बुधबार बसेको एघारौं नगरसभाको  दोस्रो बैठकले संंस्था दर्ता सम्वन्धमा बनेको विधेयक पारित गरेको छ । नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नं ७ का वडा अध्यक्ष धर्मसिं लामाले ‘नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्वनधमा व्यवस्था गर्न बनेको विधे...

इमर्जिङ नेपालको आईपीओ खुल्यो

इमर्जिङ नेपालको आईपीओ खुल्यो
काभ्रेपलान्चोक – इमर्जिङ्ग नेपाल लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। उक्त आईपीओको लागि फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ खुला गरेको हो ।  

‘आकाशे खेती’ को टे«लर सार्वजनिक

‘आकाशे खेती’ को टे«लर सार्वजनिक
काठमाडौं – नयाँ नेपाली फिल्म ‘आकाशे खेती’ को अफिसियल टे«लर सार्वजनिक भएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका छन् । एसएस इन्टनेशनल फिल्मस् तथा तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको...

कमल थापाले गरे राप्रपा परित्याग गरेकाे घाेषणा

कमल थापाले गरे राप्रपा परित्याग गरेकाे घाेषणा
काभ्रेपलान्चोक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् ।थापाले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर राप्रपाबाट अलग भएकाे घाेषणा गर्नुभएकाे हाे ।      हेर्नुस् विज्ञप्ति  

बनेपा पुलबजारको आर्यघाट निर्माणको लागी सहयोग गर्ने अपिल

बनेपा पुलबजारको आर्यघाट निर्माणको लागी सहयोग गर्ने अपिल
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाले पछिल्लो समय बिकास निर्माणको काम लाई तिब्रता दिएको छ । सडक, पुल, खानेपानी, आर्यघाट लगायतका बिकास निर्माणको काम भैरहेका छन् । बनेपाको पुल बजारमा रहेको थाचुँ घाट (दिप) निर्माणको लागि बनेपा नगरपालिकाले बजेट विनियोजन गरि काम अगाडि बढाएको छ ।    थाचुँ घाट (दिप) निर्माणको लागि बनेपा नगरपालिकाले ३७ लाख खर्च गर्ने भएको छ भने ४ लाख ४७ हजार उपभोक्ता मार्फत उठाउने भएक...

नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण

नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण
भकुण्डेबेशी– नमोबुद्ध नगरपालिकाका किसानहरुलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको चालु आर्थिक बर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्रीहरु आज सोमबार एक कार्यक्रमका बीच वितरण गरिएको हो । कार्यक्रममा किसानहरुका लागि ८० सेट इलेक्ट्रिक स्पेयर, २५ थान थोपा सिञ्चाई सेट, प्लाष्टिक पोखरी निर्माणका लागि २५ थान प्लाष्टिक सामग्री, तथा तरकारी खेती नमुना प्रदर्शनीक...

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त
नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको ...

पनौती नगरपालिकाले जित्यो कृषकहरुको मन   

पनौती नगरपालिकाले जित्यो कृषकहरुको मन   
 काभ्रेपलान्चोक - विगत ३ वर्षदेखि निरन्तर भैँसी संरक्षण तथा संवर्द्धनका कार्यक्रम गर्दै आएको पनौती नगरपालिकाले यो वर्ष पनि पाडी वितरण अभियानको शुभारम्भ गरेको छ। आज (आईतबार) नगरपालिका प्राङ्गणमा यो आर्थिक वर्षको पहिलो चरण अन्तरगत नगरपालिकाको वडा नं ४ का कृषकहरुलाई १५ वटा पाडी वितरण गरिएको हो। पनौती नगरपालिकालाई दुग्ध जन्य उत्पादनमा अझै सबल बनाउने र विपन्न किसानको आर्थिक स्तर माथि उठाउने उद्दे...

नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रेले बुझायो ज्ञापनपत्र

नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रेले बुझायो ज्ञापनपत्र
काभ्रेपलान्चोक - नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी काभ्रेले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । स्थानिय तहको निर्बाचन अबिलम्ब घोषणा गर, संविधान र लोकतन्त्रको अनिवार्य रक्षा गर भनेर २१ वटा माग राख्दै नेपाल उत्पिडित जातिय मुक्ति समाज जिल्ला कमिटी काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिसदको कार्यलयलाई ज्ञापनपत्र बुझाएको हो । यस्तो छ ज्ञापनपत्...