नेपाल हिन्दू राष्ट्र हो रहिरहनेछ : भाजपा प्रवक्ता
पोखरा – भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाल हिन्दु राष्ट्र रहेको र पछिसम्म रहने बताएका छन् । लोकसभाका पूर्वसांसद समेत रहेका उनले पोखरामा पत्रकारहरुसँग भने, ‘नेपाल हिन्दु राष्ट्र थियो, हो र रहिरहने छ ।’
नेपालको संविधानले धर्म निरपेक्ष राज्य भने पनि यहाँको सामाजिक प्रणाली हेर्दा हिन्दु राष्ट्र नै भएको उनको दावी छ । ‘संविधान एउटा कुरा हो ...