किशोर किशोरीलाई लगाउन मिल्ने ४० लाख डोज खोप आउदै
नेपालले कोभ्याक्स संयन्त्रमार्फत कोभिड–१९ विरुद्ध ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने भएको छ । विश्व बैंकले सो मात्राको खोप नेपाललाई खरिद गरिदिन लागेको हो ।
शुक्रबार विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकले किनिदिने सो खोप नेपालले कोभ्याक्स संयन्त्रमार्फत प्राप्त गर्नेछ ।
सन् २०२२ को मार्चदेखि खोपको आपूर...