गोसाइकुण्डको मेलामा युवा संघ बनेपाले भक्तजनहरुलाई वितरण गर्यो निशुल्क खानेपानी र जुस
काभ्रे - राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीले जनैपुर्णीको अवसरमा बनेपा ६ गोसाईकुण्डमा लाग्ने मेलामा आउने भक्तजनलाई निशुल्क पानी र जुस बिहान देखी बेलुकासम्म वितरण गरेको छ ।
काभ्रेको बनेपास्थित बुडोलमा रहेको गोसाइकुण्डमा पनि भाद्र पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको छ । शारिरीक अस्वस्थ र बालबृद्धाका कारण रसुवाको गोसाइकुण्ड पुग्न नसकेकाले विहानदेखि आएर यहाँ स्नान गर्ने र ब्राह्मणहरुले जनै...