अमर : यादगर मुक्तकहरुको माला
प्रदीप सापकोटा
मुक्तक भन्नासाथ कविताको सानो रुप बुझिन्छ । मुक्तकले अत्यन्तै थोरै शब्दमा धेरै कुरालाई उजागर गर्दछ । यो अहिले साहित्यको स्वतंत्र विधाको रुपमा लोकप्रिय छ । यसले भावलाई पोख्छ । यसमा चतुष्पदीय हरफ भित्र तुक प्रयोग गरेर पहिलो र दोस्रो हरफ लेखिन्छ भने तेस्रो हरफ स्वतंत्र हुन्छ । अन्तिम हरफ पहिलो र दोस्रोसँग मिलेको हुनुपर्छ ।
कुनैपनि मुक्तकको पहिलो हरफले मुक्तकमा लेखिने विषयवस्तुको उठ...