डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन-२०८२ हुँदै
काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर-९ मा रहेको श्री डेडीथुम्का माविमा आगामी जेठ १५ गते पूर्व विद्यार्थी शिक्षा सम्मेलन -२०८२ हुने भएको छ ।
आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आयोजक मूल समारोह समितिले सम्मेलनको बारेमा जनाकारी गराएका हुन् । आयोजकका अनुसार यस विद्यालयले २०३८ सालदेखि यता एसएलसीमा आफ्ना विद्यार्थीलाई सहभागीता गराउँदै छन् । विभिन्न क्षेत्...