महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । वडाल काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिलका हुन् । उनी नेकपा एमाले निकट मानिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली...