‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
काठमाडौँ । एउटै स्टेजमा ४ विजेता छानिएका छन् । १४ औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२५’मा सिनियर र जुनियर केटा र केटी गरेर ४ विजेता छानिएका हुन् ।
प्रतियोगितामा जुनियर ब्वाइज एरोस कर्माचार्य, जुनियर गर्ल एरिका गुप्ताले शीर्ष उपाधि जित्दा सिनियर ब्वाईजतर्फ तासी नुर्वु शेर्पा र सिनियर गर्लमा प्रयुषा ढकाल शीर्ष विजेता बने ।
जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्...