डिआईजी भूपेन्द्र खत्रीले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न निर्देशन

काभ्रेपलान्चोक – लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो ।

बिज्ञापन

डिआईजी खत्रीले बदलिँदो सामाजिक परिस्थिति र समसामयिक चुनौतीहरूलाई ध्यानमा राख्दै प्रहरी कर्मचारीहरूलाई थप जिम्मेवार, सक्रिय, अनुशासित र जनउत्तरदायी भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। उहाँले लुम्बिनी प्रदेश प्रहरी नागरिकको सुरक्षा, न्याय र विश्वासको आधार स्तम्भका रूपमा निरन्तर अघि बढिरहेको उल्लेख गर्दै सेवा प्रवाहमा पारदर्शिता, संवेदनशीलता र व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश प्रहरी शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रभावकारी प्रहरी सेवाका लागि निरन्तर प्रतिबद्ध छ ।