गोरखनाथमा बन्नेभयो खानेपानी ट्याङ्की, मेयरले गरे शिलान्यास पनौती
पनौती नगरपालिका वडा नं. ६ मा १ लाख लिटरको खानेपानीको ट्याङ्की बन्ने भएको छ । उक्त ट्याङ्कीको शिलान्यास आज नगर प्रमुख रामशरण भण्डारीले गरेका छन् । खानेपानी ट्याङ्कीको शिलान्यास गर्दै नगर प्रमुख भण्डारीले नगर भित्र रहेका नागरिकलाई क्रमिक रुपमा खानेपानी खुवाउने लक्ष्य नगरपालिकाको रहेको बताएका छन् । उनले नगरपालिकाले खानेपानी सरसफाइ तथा स्वच्छता योजना बनाउन लागेको बताउँदै सोही अनुरुप बजेट माग र विनियोज...