फ्रान्सका सांसदहरु कुइकेल थुम्कामा
नमोबुद्ध - फ्रान्सको माथिल्लो सदनका दुई जना सदस्यले नमोबुद्ध नगरपालिका–२ मा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रम अबलोकन गरेका छन् । सो संसदको फ्रान्स–नेपाल मैत्री समुहका अध्यक्ष रहेका सांसद डेनियल साल्मन र सदस्य आना क्याथरिन लोइजरले कार्यक्रमका विभिन्न पक्ष, प्रयोग भएको प्रविधी र सञ्चालित विभिन्न कार्यक्रमका बारेमा जानकारी लिएका हुन् । नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र स...