भक्तपुर/नेशनल प्याब्सन भक्तपुरको आयोजनमा अाजबाट फुटसल प्रतियोगिता हुने भएको छ ।
मंसिर २६ र २७ गते जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, सुनपा ८ कांलाचा स्थित हेल्थी फुटसलमा संचालन हुदैछ ।
माध्यमिक र आधारभूत दुवै तहको एक/एक खेल समूहले आफसमा प्रतिस्पर्धा गर्ने उक्त फुटसल प्रतियोगितामा आधारभूत तहमा १६ विद्यालय र माध्यमिक तहमा १४ विद्यालयले खेल खेल्नेछन् ।
मंसिर २६ गते लिक चरणका सबै खेलहरु सम्पन्न हुने र मंसिर २७ गते क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरु सम्पन्न हुने जानकारी नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले दिनु भयो ।
साथै सोहि दिन विजयी प्रथम-१ खेल समूह, द्धितीय-१ खेल समूह र तृतीय-२ खेल समूहलाई मेडल तथा ट्रफी प्रदान गरी कार्यक्रम समापन गरिने समेत खड्काले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..