

काभ्रेपलान्चोक – शुभ दिपावाली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा आर्शु स्मृति प्रतिस्ठानले शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।

भोलि दिउँसो १ बजे देखि ४ बजे सम्म बनेपा तिनदोबाटोमा हुने आयोजक टिमले जानकारी दिएको छ । आयोजकले सम्पूर्ण बनेपा बासी आमाबुबा दाजुभाइ दिदिबहिनीहरु लाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।




सूचना यस प्रकार छ ।


भोलि मिति २०७९/०७/९ गते बुधबार बनेपामा देउसि भैलो कार्यक्रम गर्न लागिएको हुदा उपस्थित भइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
आयोजक: आर्शु स्मृति प्रतिस्ठान नेपाल
समय : दिउसो १ बजे देखि ४ बजे सम्म
स्थान : बनेपा तिनदोबाटो