हरि उप्रेतीको ‘प्रभु वन्दना’ सार्वजनिक

|| आइतबार, भाद्र ०५, २०७९
हरि उप्रेतीको ‘प्रभु वन्दना’ सार्वजनिक
गीतकार हरि उप्रेतीको भजन एल्वम ‘प्रभु वन्दना’ सार्वजनिक भएको छ । वैष्णव परिषद अमेरिकाले आयोजना गरेको एक धार्मिक कार्यक्रम श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा भक्ति गीति एल्वम ‘प्रभु वन्दना’ विमोचन गरिएको हो ।

उक्त विमोचन समारोहमा गीतकार उप्रेती र सोही एल्बमका गायक भीम ढकालको उपस्थिति थियो । सयौं भक्तजनको उपस्थिति माझ सम्पन्न भएको समारोहमा धार्मिक गुरू स्वामी दमोदर आचार्य तथा गीतकार उप्रेतीका माता पिता, कर्म दिने माता पिता एवम् गायक ढकालका माता पिताका हात बाट भक्ति गीत ‘प्रभु वन्दना’ विमोचन गरिएको थियो ।

एल्वममा ‘हे गणनायक’, ‘गुरु हुन हाम्रा’, ‘माता हाम्री लक्ष्मी’, ‘शिव तिम्रो शिरमा’, ‘यो शिर मेरो’ र ‘राम तिमीले’ जस्ता ६ वटा भजन संग्रहित गरिएको छ ।

बिज्ञापन

समारोहमा वैदिक सेवा समाजका पूर्व अध्यक्ष काँसी अधिकारीले स्रष्टाहरूको परिचय दिनुभएको थियो भने उक्त भजन गीति एल्वमको संक्षिप्त समीक्षा पं. श्री नारायण सान्डिल्य र गायक लोक पौडेलले गर्नुभएको थियो । यस भजन गीति एल्वममा तृप्ति खड्काको एकल सङ्गीत रहेको छ । कार्यक्रम लाई राम बाँस्कोटाले सञ्चालन गर्नुभएको थियो । भजनलाई हरि उप्रेतीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हरि उप्रेती नेपाली साहित्य तथा गीत, सङ्गीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता÷दर्शकमाझ आएका छन् ।

उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसङ्गीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसङ्ग्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।

प्रतिक्रिया दिनुहोस !
up