महाभारत, काभ्रे – जिल्लाको विकट महाभारत गाउँपालिकाका विद्यार्थीलाई किताब बोक्ने झोला वितरण गरेका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि तथा समाजसेवी विकाश योञ्जनले महाभारत–८ घर्तिछापस्थित् श्री गडुलदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् ।

नेता तथा समाजसेवी योञ्जनका अनुसार सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शिक्षाको पहुँचमा पु¥याउन झोलासँगै विद्यालयलाई क्यारिम बोर्ड, पोर्ट आदि खेलुकद सामाग्रीहरु सहयोग गरेका छन् । उक्त समाग्री नेता तथा समाजसेवी योञ्जनले विद्यालयका प्रधानध्यापक खगेन्द्र थापालाई एक कार्यक्रमबिच हस्तान्तरण गरेका थिए ।

गरिवी, भौगोलिक विकता र सामाजिक रुपले पछि परेका महाभारत गाउँपालिकाका बालबालिकाकोे खाली हात तथा प्लाष्टिकको झोला किताब बोकेर पढ्न हिडेको देखेपछि आफुले अभावको बिच पढ्नु परेपनि बालबालिकाले त्यसरी पढ्नु नपरोस् भनेर विद्यार्थीलाई किताब बोक्ने झोला सहयोग गरेको उनले बताए । उनले भने, ‘टाढाटाढाबाट हिँडेर आउने विद्यार्थीलाई झोला नभएर किताब जोगाउन समस्या देखेपछि सहयोग गरेको हो ।’

विद्यालयका प्रधानाध्यापक थापाले नेता तथा समाजसेवी योञ्जनको सहयोगले खुल्ला रुपमा हात किताब बोक्नु पर्ने बाध्यता रहेको विद्यार्थीलाई राहत भएको बताए । उनले भने, ‘पहिले हातमा किताब बोकेर विद्यालय आउने विद्यार्थी अब झोलामा किताब बोकेर आउँने छन् ।’

समाजसेवी योञ्जनले यसअघि कोरोना महामारीको कहर राहतसँगै विभिन्न समयमा नागरिक तथा विद्यार्थीलाई झोला, खेलकुद जस्ता सामाग्री सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..