काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आफ्नो गतिविधिलाई तीब्र बनाएको छ । पछिल्लो समय ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित जिल्ला ट्राफिक प्रहरी काभ्रे सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेको छ ।

हिजो शनिबार सुरक्षित यात्रा नै, सुरक्षित जीवन हो भन्ने नाराका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । भने आज जिल्ला ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी साधनको यान्त्रिक अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले काभ्रे प्रेस डट कम लाई जानकारी दिनुभयो ।                                       

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको उपस्थितिमा ट्राफिक प्रहरीले अरनिको र बीपी राजमार्गमा चल्ने विभिन्न यातायात कम्पनी, मजदुर संगठन र मेकानिकहरुको उपस्थितिमा सवारी साधनको यान्त्रिक जाँच गरेको हो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेले विशेष भुमिका खेलेको थियो । भने कार्यक्रममा काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीको पनि उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रममा सवारी साधनको ब्रेकको अवस्था, टाईरेड, लाईट, टायरमा हावाको मात्रा र ईन्जिन जाँच गर्नुको साथै समयमा नै सवारी साधन मर्मत गर्न परामर्श दिइएको छ ।     

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly