काभ्रेपलान्चोक – बनेपामा अव्यवस्थित फुटपाथ व्यवसायका कारण ट्राफिक व्यवस्थापन असहज भएको देखिन्छ । फुटपाथमा निमुखा निम्न बर्गका मानिसहरुले दैनिक गुजारा गर्दै आएका छन् । मुख्यगरी बनेपा पुल बजार क्षेत्र बाट नयाँ तरकारी बजार सम्म अव्यवस्थित रुपमा फुटपाथ व्यवसाय सञ्चालन गर्दा पैदल हिँड्ने यात्रुसमेत प्रभावित भएको देखिएको छ ।

यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख राजेश सिलवाल लाई हामीले प्रश्न गर्दा उहाँ यस्तो भन्नू हुन्छ बजारका फुटपाथ व्यवसायले पैदलयात्रीमात्र होइन बनेपा सहर नै कुरुप जस्तो भएको देखिन्छ । समग्र ट्राफिक व्यवस्थापनलाई नै यसले असर परेको छ । यसको लागि हामीले सरोकार वाला निकायहरु सँग बृहत छलफल गरेर व्यवस्थापन गर्न लागि परेका छौ । यसको छिटो नै व्यवस्थापन हुने छ । उता बनेपा नगरपालिकाले नगर प्रहरीको परिचालन गरि बेला बेला फुटपाथमा बसेर ब्यापार गर्दै आएका लाई लखेटने गरेको पाइन्छ ।

उता बनेपा नगरपालिका वडा नं. ३ नाला निवासी रोहित दंगालले बनेपा नगर प्रमुख लाई नै निवेदन लेखेर फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्न अनुरोध गर्नु भएको छ । उहाँले सडक पेटीको हकमा पैदल यात्रीलाई बाधा पर्ने कुनै पनि व्यापार व्यवसाय गर्न नदिने, पसल बाहिरसमेत सामान राखेर बिक्री गर्ने कार्यमा रोक लगाउने, फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्ने, सडकपेटीको अतिक्रमण हटाउन सकेको खण्डमा यसको व्यवस्थापन हुने बताउनु भएको छ ।

नगरले यस्ता साना गाडा व्यवसायी हरुमाथी गरेको अमानवीय व्यवहार, साइकल, गाडाहरुको टायर काट्ने जस्ता कार्य बन्द गर्नु पर्ने र मानव अधिकारको हनन गर्ने अधिकार कसैलाई नभएको दंगालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly